राष्ट्रिय बाल दिवशमा इनरुवामा बृहत र्याली तथा समिक्षा कार्यक्रम

जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २९ गते । सुनसरीको इनरुवामा बृहत र्याली तथा समिक्षात्मक समापन कार्यक्रम सम्पन्न भएको छ । यहाँ ६० औं राष्ट्रिय बाल दिवशमा इनरुवामा र्याली सहित जिल्लामा बालअधिकारको अवस्थाको बारेमा समिक्षा गर्दै समिक्षात्मक समापन कार्यक्रम सम्पन्न भएको हो ।



प्रत्येक वर्षको भादौ २९ गते अर्थात सेप्टेम्बर १४ मा मनाउदै आएको राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा फ्यान जिल्ला कार्य सम्पादन समिति सुनसरीको आयोजना र इनरूवा नगरपालिकाको सहयोगमा शुक्रबार विहान वृहत र्याली तथा समिक्षात्मक समापन कार्यक्रम सम्पन्न भएको छ । सयौंको संख्यामा बालबालिकाहरु र सरोकारबालाहरु सहितको र्याली जिल्ला प्रहरी कार्यालय सुनसरीको प्राङ्गणबाट सुरु भई इनरुवाको भगवती रोड, लोकतान्त्रिक चौक, शान्ती चौक हुदै इनरूवा नगरपालिकाको सभा हलमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रम प्रहरी उपरीक्षक एवम् फ्यान संरक्षक विपिन रेग्मीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा इनरुवा नगर उपप्रमुख विनिता कुमारी मेहता, सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फ्याल,प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डरी, बाल क्लवका तर्फबाट सुमन दाहाल, मानव अधिकार सञ्जालका रमेश भट्टराई, उधोग बाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह सहितले बाल दिवशको औचित्य र आवश्यकताका विषयमा बोल्नुभएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य,राष्टिय अनुसंधान बिभाग सुनसरीका
अनुसंधान उप निर्देशक तुलसी कट्टेल, फ्यान सल्लाहकार जयकृष्ण यादव, शिक्षा अधिकृत स्वस्तिका दाहाल, अधिकारकर्मी महेन्द्र कुमार, विनीता दाहाल , रूपेश कुमार मोची, महेन्द्र कुमार कामत, शारदा मा.वि.का प्रअ तीर्थराज भट्टराई सहित तीन सय बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो । उता विभिन्न विद्यालयमा बाल दिवशको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।











१, राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा फ्यान जिल्ला कार्य सम्पादन समिति सुनसरीको आयोजना र इनरूवा नगरपालिकाको सहयोगमा शुक्रबार विहान निकालिएको वृहत र्याली कार्यक्रममा सहभागिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा