इनरुवा, भदौ २९ गते । सुनसरीको इनरुवामा साहित्य, कला र पहिचानको पक्षमा कलम चलाएको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरिएको छ ।


अपन स्वर्ग नेपाल सुनसरी तथा बहुभाषिक चलचित्र माहासंघले शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा मिथिलाके बेटी भाग २ को विमोचनको अवसरमा यादवलाई सम्मान गरेको हो ।
महासंघले गोरखापत्रकर्मी यादव सहित राससका अजित कुमार झा र सत्य संसार पत्रिकाका देवराज यादवलाई सम्मान गरेको हो । बलाकार तथा साहित्यकार झोटन मेहताको रचना रहेको मिथिलाके बेटी भाग २ को बिमोचनको अवसरमा सम्मान गरेको महासंघले जनाएको छ ।


यसैबीच प्रमुख अथिति अनिल पोखरेल र अपन स्वर्ग नेपाल कला संस्कृतिकका अध्यक्ष झोटन मेहता र अथिति एसन मेहताले कलाकार रंजित गुप्ता, राधा चौधरी, रबिना विक सहित १२ जनालाई सम्मान गरेको छ ।

मेहताले मैथली तथा मधेसी समुदायको जनजीविका र छोरी चेलीले खेप्नु परेको पीडालाई चित्रित गर्दै तयार पारिएको मिथिलाके बेटी भाग २ को बिमोचनको अवसरमा इनरुवा र सुनसरी केन्द्र बनाएर पत्रकारिता गर्दै आउनुभएको तीन पत्रकार र ९ कलाकारलाई सम्मान गरेको जानकारी दिनुभयो ।
झोटन मेहताको रचना, हरुन रसिदको संगित, गायक बिरेद्र झा र माला राजबंसीको गायनमा मौलिक मैथली गित मिथिलाके बेटी भाग २ को बिमोचन भएको अपन स्वर्ग नेपालले जनाएको छ । कला, संगितलाई समाजसेवाको रुपमा लिनुभएका कलाकार रबिना बिक, विजय माली, रन्जित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरी सहित गितमा अभिनय गर्नुभएको छ । क्यमरामा सुजित शाह ,कलर रेनु चौधरी, अडिटर पर्शुराम चौधरीको बहुभाषिक कलाकारको अभिनय रहेको छ । यो छोरीमाथी हुने अत्याचारका विषयमा यो गित निर्माण भएको छ ।

अपन स्वर्ग नेपाल बहुभाषिक चलचित्र माहासंघले प्राविधिक रुपमा सहयोग गरेको छ । विमोचन तथा सम्मान कार्यक्रममा साहित्यकार रमेन्द्र कोईराला, छविनाथ रिजाल , वीरेन्द्र झा, मृदुला झा, अर्जुन मेहता सहितको उपस्थिति रहेको थियो ।