जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ३ गते । सुनसरी सदरमुकाम इनरुवामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा प्रभातफेरी, विरामीलाई फलफुल वितरण सहित विभिन्न कार्यक्रम गरिएको छ । जिल्ला समन्वय प्रमुख राजन मेहताको अध्यक्षता तथा कोशी प्रदेश पर्यटन, वन तथा वतावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आथित्यतामा विहान प्रभातफेरी र महानन्द पार्कमा झण्डोतोलन कार्यक्रम गरिएको हो । दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय , भगवाती मावि हुदै नगरमा प्रभातफेरी गरी झण्डोतोलनको कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा जनताद्धारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउदै आएको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विहीबार यहाँ भव्य कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा वत्ताहरुले संविधानको आवश्यकता, कार्यान्वयन र अवसरको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश पर्यटन, वन तथा वतावरण मन्त्री सदानन्द मण्डलले संविधान बनेको हिसाबबाट राम्रो उत्कृष्ट भएपनि त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएकाले कार्यान्वयन गर्न सबै इमान्दार हुन जरुरी रहेको बताउनुभयो । उहाँले संविधानमा भएका प्राबधानहरु, संविधानलाई टेकेर बनेका कानुनहरुको पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिको प्रमुख एवं जिल्ला समारोह समितिका अध्यक्ष राजन मेहताले संविधान सभाबाट पारित भई नेपालमा लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जग तयार भएको ९ वर्ष पुरा हुदाँ समेत सबैले अपनत्व ग्रहण गर्ने हुन नसेकाले संसोधन सहित सबैको माग र मुद्धाहरु सम्बोधन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारीले संविधानले सात प्रदेशमा आधारित सङ्घीय शासन व्यवस्थाको प्रबन्ध गरेको र सबैको समानुपातिक सहभागिता सुनिश्चि गरेकोले त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।
उहाँले गणतन्त्र, सङ्घीयता र समावेशीका तीन स्तम्भलाई यस संविधानले संरचनागत रूपमा स्वीकार गरेकोले त्यसको कार्यान्वयन गरेको खण्डमा विश्वको उत्कृष्ट संविधान कुरामा मात्रै नभई व्यवहार पनि भन्न सकिने बताउनुभयो । जारी भएकै बखत यस संविधानप्रति असन्तुष्टिका स्वर निस्किएको सन्र्दभमा चर्चा गर्नुहुदै संविधान सभाका ९० प्रतिशतभन्दा बढी सभासदद्वारा पारित भएकाले सबैले रक्षा, संरक्षण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


संविधान जनताको अपनत्व कायम हुने आधार तयार भएपछि कार्यान्वयनमा लाग्नुपर्नेमा सहभागीहरुको जोड थियो ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी उपरीक्षक वीपीन रेग्मी, जि.स.स.उपप्रमुख कमला खतिवडा, इनरुवाका उपप्रमुख विनिता कुमारी मेहता, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं कर्मचारी, पत्रकार, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, नागरिक समाज, वडाध्यक्ष लगायत जनप्रतिनिधि तथा सरोकारबालहरु हातहातमा नेपालको झण्डा बोकी जिल्ला सदरमुकामको बजारमा प्रभातफेरी गर्दै महानन्द पार्क प्राङ्गणमा सभामा परिणत भई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । साथै यहाँका अन्य स्थानीय तहहरुमा पनि प्रभातफेरी लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतापूर्वक मनाएको छ ।


१, सुनसरीको इनरुवामा संविधान दिवशको अवसरमा प्रभातफेरी गर्दै ।
तस्विर ः

संविधान दिवशमा हाजिरिजवाफ
इनरुवा, असोज ३ गते । सुनसरी सदरमुकाम इनरुावमा संविधान दिवशको अवसरमा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको आयोजनामा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको हाजिरिजवाफ प्रतियोगितामा इस्टपोईन्ट इग्लिस बोर्डिगं स्कूल प्रथम, ज्ञान विर्मश एकेडेमी द्धितिय र सूर्यकिरण एकेडेमी बलाहा तृतिय भएको छ । कार्यक्रममा प्रमुख अथिति केदार भण्डारी र विषेश अथिति उपप्रमुख विनिता कुमारी मेहताले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभयो । उहाँले नगरबासीहरुलाई संविधान दिवशको शुभकामना समेत दिनुभएको थियो ।


१, सुनसरीको इनरुवामा सम्पन्न भएको हाजिरिजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t39.30808-6/459793550_838518461740611_7322854450113569275_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=833d8c&_nc_ohc=XHBxz1CL9cEQ7kNvgFravXe&_nc_ht=scontent.fktm3-1.fna&oh=00_AYDW6rXMAGjtn9cS4HpGv_LFl_LFwIy8PmT-flu41SEhBg&oe=66F1E4FA