अखिल नेपाल लेखक संघमा खनाल

इनरुवा, असोज १७ गते । अखिल नेपाल लेखक संघ सुनसरीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । विहीबार सुनसरीको इटहरीमा सम्पन्न भएको संघको जिल्ला सम्मेलनले आलोक खनालको अध्यक्षतामा १७ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ । संघको उपाध्यक्षमा लेखक जयकृष्ण यादव, सचिवमा घलेभाई गुरुगं, सहसचिवमा चन्द्र बहादुर सुवेदी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा अर्जुन शर्मा, शंकर देवान, रुपेश कुमार मोची, प्रदिप श्रेष्ठ, निमर्ला प्रतिक्षित , टंक घिमिरे, दिपेश कार्की, गहेन्द्र गहतराज, किष्ट बहादुर विष्ट र आयुश्मा बराल चयन हुनुभएको छ । सुधिर केसीको अध्यतामा सम्पन्न भएको संघको उद्घाटन कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल बराल रहनुभएको थियो । सम्मेलनमा प्रमुख अथिति बरालले विचार निर्माण गर्न नागरिकको पक्षमा कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।
१, अखिल नेपाल लेखक संघ सुनसरीको जिल्ला सम्मेलनबाट चयन भएको नयाँ कार्य समितिका पदाधिकारीहरु ।