इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम

जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक १७ गते । नेपाल भाषा तथा संस्कृतिको जर्गेना गरौं मुल नाराका साथ झीगु नेवाः समाज इनरुवाले सुनसरी सदरमुकाम इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल संवत् ११४५ को अवसरमा समाजले इनरुवामा भव्यताका साथ न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न गरेको हो । शनिबार कोशी प्रदेशका पर्यटन, वन, तथा वतावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आथित्यतामा इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न गरेको समाजका उपाध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले नेवार समुदायको मौलिक पर्व तथा नेपाल सम्बत ११४५ को शुभ अवसरमा शुभकामना आदान प्रदान सहित इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अथिति मण्डलले देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँरहेको नेपाल सम्बद नेपालको मौलिक संवत भएको बताउनभुाये । उहाँले यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेकोमा यसलाई सम्पूर्ण नेपालीहरुले आफ्नो वर्षको रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो ।


मण्डलले आफू मन्त्री भएको जिल्ला सदरमुकाममा नेवार समुदायको सांस्कृति तथा सामुदायिक भवन निर्माणमा सक्दो सहयोग गर्ने बचन समेत दिनुभयो ।
विषेश अथिति जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको चर्चा गर्नुहुदै यसलाई राष्टिय पर्वको रुपमा मनाउनुपर्ने बताउनुभयो ।
मेहताले पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाएको समेत चर्चा गर्नुभयो । इनरुवामा सम्पन्न भएको न्हू दँया भिन्तुना कार्यक्रममा उधोग बाणिज्य संघका इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी उपरीक्षक समेन्द्र बर्जचार्य, राष्टिय अनुसंधान प्रमुख तुलसी कट्टेल, जिल्ला समन्वय समिति उपप्रमुख कमला खतिवडा, इनरुवा उपप्रमुख विनिताकुमारी मेहता, नेपाली काग्रेंसका नेता सञ्जय श्रेष्ठ, पत्रकार जयकृष्ण यादव सहितको सरोकारबालाहरुको उपस्थिती रहेको थियो । वत्ताहरुले नेपाल सम्बत ११४५ को शुभकामना सहित नेवार समुदाय र नयाँ वर्षको महत्वका बारेमा चर्चा गर्नुभएको थियो । शुभकामना आदान प्रदान तथा न्हू दँया भिन्तुना कार्यक्रम समाजका अध्यक्ष भुपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।
काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक
शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।
