गढी ६ मा वडाध्यक्ष पदका लागि १४ जनाको मनोनयन दर्ता

सुनसरी
२०८१, मंसिर २ गते । शान्तीपूर्वक सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि १४ जनाको मनोनयन दर्ता भएको छ । उपनिर्वाचनमा गढी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि आइतबार नेकपा एमालेबाट सन्तु उराँव, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदबार कुशेश्वर खेरवार यादव, नेपाली कांग्रेसबाट तेतर साह, नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपाबाट कविता कुमारी उराँव, राप्रपा नेपालबाट बच्चालाल अरगिरया यादव सहितको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशि कुमार साह, जनमत पार्टीको तर्फबाट सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीको योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव, बन्धुलाल सरबरिया र श्यामदेव मेहताले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएको उपाध्यायले जानकारी दिनुभयो ।
तीन जना स्वतन्त्र सहित १४ जनाको मनोनय दर्ता भएको उपाध्यायले जानकारी दिनुभयो ।

पच्छिलो निर्वाचनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष सदानन्द झागडको निधन भएपछि गढी ६ नम्बर वडामा उपनिर्वाचन हुन लागेको हो ।
जयकृष्ण यादव । इन्सेक
निर्वाचन अचारसंहिता विपरित तुल ब्यानर र विद्यालय मैदान प्रयोग
सुनसरी
२०८१, मंसिर २ गते ।






सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि मंसिर २ गते मनोनय दर्ताका क्रममा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गर्नेहरुले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेकोे छ । उपनिर्वाचनमा गढी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि उम्ेदबारी दर्ता जाने क्रममा नेकपा एमालेबाट उम्मेदबार सन्तु उराँवको पक्षमा संघीय सासद भिमप्रसाद आचार्य, भगवती चौधरी, प्रदेश सभा सदस्य रामप्रसाद मेहता, रामदेव यादव सहित तीनसय बढीको सहभागीतामा स्थानीय जनता माविको मैदान प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेकोे हो । बढीमा २५ जनासम्म आउनुपर्नेमा सायौंको संख्यामा सर्मथक, नेता कार्यकर्ताहरु र सरकारी सावरी प्रयोग तथा ठूलो आबाजको डिजे प्रयोग र तोकिएको आकार भन्दा ठलो व्यानर प्रयोस गरेर उम्मेदबारको पक्षमा रयालीमा सहभागी भएका छन् ।



त्यसैगरी जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदबार कुशेश्वर खेरवार यादवले समेत २५ भन्दा बढीको संख्यामा र्याली निकालेको र उक्त विद्यलायको मैदान प्रयोग गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसबाट तेतर साहले उम्मेदबार दर्ता गर्ने क्रममा पार्टीका जिल्ला सभापती तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले सरकारी गाडी प्रयोर गरेर सहभागी हुनुभयो भने भण्डारी सहित दुईसय बढीको सहभागीतामा स्थानीय जनता माविको मैदान प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेकोे हो । बढीमा २५ जनासम्म आउनुपर्नेमा सायौंको संख्यामा सर्मथक, नेता कार्यकर्ताहरु र सरकारी सावरी प्रयोर गरेर उम्मेदबारको पक्षमा रयालीमा सहभागी भएका छन् ।
त्यसैगरी नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपा नेपाल बाट कविता कुमारी उराँव, राप्रपाबाट बच्चालाल अरगिरया यादव सहितकाले ठूलो व्यानर प्रयोग गरेर मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आचार संहिता सबैलाई पालन गर्न सचेत गराएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । उहाँले कोही कसैले निर्वाचन आचारसंहिता उलघन गरेको उजुरी नआएको र त्यसो भएको भए बुझ्ने प्रतिकृया दिनुभयो । सडकको केही ठाउँमा तुल व्यार राखेको मौखिक जानकारी आएको समेत प्रतिकृया दिनुभयो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशि कुमार साह, जनमत पार्टीको तर्फबाट सिताराम यादवले समेत तोकिएको संख्या भन्दा बढी र साउण्ड बजाएर तथा ठूलो व्यानर प्रयोग निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेकोे छ । उम्मेदबार योगनारायण ऋषिदेव, स्वतन्त्रबाट बन्धुलाल सरबरिया, रामनारायण यादव र श्यामदेव मेहताले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएको उपाध्यायले जानकारी दिनुभयो ।
त्यसैगरी राजनीतिक दलका उम्मेदबारहरुको पक्षमा निकालिएको र्यालीमा बालबाकिलाहरुको समेत सहभागिता रहेको देखिएको छ ।
जयकृष्ण यादव । इन्सेक
१, उपनिर्वाचनमा गढी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि आइतबार मनोनय दर्ता गराउनुभएको नेकपा एमालेका सन्तु उराँव, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदबार कुशेश्वर खेरवार यादव र नेपाली कांग्रेसबाट तेतर साह ।






२, निर्वाचन आचारसंहिता विपरितका गतिविधिहरु र विद्यालय प्रयोग गरेको तस्विहरु ।
तस्विर ः





