जयकृष्ण यादव । इनरुवा
इनरुवा , मंसिर २० गते । सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक युवा विधार्थीहरुलाई क्रिकेटको माध्यमबाट पहिचान स्थापित गर्ने उदेशयका साथ सुरु भएको  प्रथम विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताकाे उद्घाटनमा सेन्ट मेरिज स्कुलले विजयी  सुरुवात गरेको छ । विहीबार विहानबाट सुरु भएको प्रथम विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बाल मन्दिर माविलाई ९२ रनले पराजित गर्दै जित निकालेकाे आयोजक राईजिंग इनरुवा युथ क्लव इनरुवाका अध्यक्ष महेश्वर साहले जानकारी दिनुभयो ।

साहका अनुसार आजको opening Game मा ST mary’s School VS Balmandir mavi बिच भएको प्रतियोगीतामा ST mary’s. School 92 रन ले जित निकालेकाे  छ। उक्त खेलको म्यान अफ द म्यान विवेक ज्यस्वाल भएको छ। उनी ११ रन र ३ विकेट लिए । खेलको Target 21 रनको टार्गेट थियो ।

राईजिंग इनरुवा युथ क्लवले प्रतियोगितामा नगर क्षेत्रका २२ विद्यालयका मावि तहका विधार्थी खेलाडीहरुको सहभागिता रहेको जानकारी दिएको छ । इनरुवाका आठ सामुदायिक र १४ वटा संस्थागत विद्यालयका युवा विधार्थी खेलाडीहरुले प्रतिस्प्रधा गर्ने जनाएको छ । खेल इनरुवा रंगशाला जेल खेल मैदानमा हुने आयोजक संस्थाका सल्लाहकार सन्तोश देवले जानकारी दिनुभयो ।


१, सुनसरी जिल्ला सदरमुकाम इनरुवामा विहीबार विहानबाट सुरु भएको प्रथम विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा सेन्ट मेरिज स्कुलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आयोजकका पदाधिकारीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा