इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको चाैथाे दिनको खेलमा जनक स्कुल, इनरुवा ईग्लिस स्कुल र सरस्वती मावि विजयी
सुनसरीकाे इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको चाैथाे दिनको खेलमा जनक स्कुल, इनरुवा ईग्लिस स्कुल र सरस्वती माविले जित निकालेकाे छ ।

आईतबार भएको चौथो दिनको खेलमा पहिलो लटमा जनक स्मृति र स्मल हेभेन स्कुल बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा जनक स्कुल विजयी भएको छ । खेलमा Man of the match faizal भाएको छ ।

दोस्रो खेलमा इनरुवा ईग्लिस स्कुलले जित निकालेकाे छ ।नवयुग एकेडेमी र इनरुवा ईग्लिस स्कुल
बिच खेल भएको थियो ।

खेलमा Man of the Match Adarsha Rajak भएको छ। त्यसैगरी
तेस्रो खेलमा शारदा मा वि बलाहालाई पराजित गर्दै सुरस्वती मावि बबिया विजयी भएको छ । खेलका सरस्वती माविले राेमान्चक विजयी हासिल गरेको छ। सरस्वती माविका अब्दुल गुफुर
Man of the match भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सरस्वती मावि सहित विजयी भएको टिमहरुलाई सरस्वती माविका विधालय व्यवस्थापन समिति सदस्य तथा सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादवले बधाई दिनुभएको छ ।
