जयकृष्ण यादव । सुनसरी
विराटनगरमा सम्पन्न भएको काेशी प्रदेश स्तरिय नेपाल भारत मैत्री संगठनकाे भेलाले तरुण यादवकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । 

मंसिर २४ गते सोमवारका दिन नेपाल भारत मैत्री संगठन नेपालको काेशी प्रदेश स्तरिय भेला तथा अन्तरकृयाबाट यादवकाे अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । संगठनकाे प्रदेश स्तरिय तदर्थकाे अध्यक्षमा तरुण कुमार यादव, उपाध्यक्षमा मिलन सुराना र जितेन्द्र कुमार यादव , सचिवमा पंकज कुमार भगत,काेषाध्यक्षमा शशी मण्डल र सह सचिवमा दुर्गा विक चयन भएका छन् ।

सदस्यहरुमा समिन्द्र वस्नेत, मनोज पोदार,ममता यादव, बदामया कुमारी साह, शुशिला माेदी, महेश झा, विदुरप्रसाद घिमिरे चयन भएका छन् । पदाधिकारी तथा सदस्यहरुलाई संगठनका राष्ट्रिय उपाध्यक्ष निर्मल दुगडले बधाई दिनुभयो ।