जयकृष्ण यादव । इनरुवा
इनरुवा , मंसिर २९ गते । सुनसरीकाे काेशी टप्पु वन्यजन्तु आरक्षमा रसायनिक मलकाे प्रयाेग र जैविक विविधतामा परेको असर विषयमा सराेकारवाला बिच संवाद कार्यक्रम सम्पन्न भएको ।


सामाजिक परिवर्तन केन्द्र काठमाडौंकाे आयोजना तथा काेशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीकाे समन्वयमा सम्पन्न भएको संवादमा सराेकारवालाहरुले खेतमा प्रयोग गरेको रसायनिक मलकाे असर माटो, पानी , सिमसार, वन्यजन्तु , जैविक वातावरणमा समेत परेको चर्चा गरेका छन् ।

सुनसरीकाे खेतीयोग्य जमिनमा बढी उत्पादन गर्ने उदेश्यका साथ अत्यधिक रसायनिक मल, युरिया , डिएपी, पाेटास लगायतकाे प्रयोगले
त्यसको असर माटो, पानी , सिमसार, वन्यजन्तु , जैविक वातावरणमा समेत परेको संरक्षणकर्मी रविन घिमिरेले चर्चा गर्नुभयाे ।

सुनसरीकाे मध्यवर्ती क्षेत्रमा पनि विगत दुई दशकदेखि रसायनिक मलको अत्यधिक प्रयोगले विगतमा खेतमा देखिने गंगटा, भ्यागुतो, घाेंगी, मैना , बकुला र विभिन्न चराहरु अहिले लाेपाेन्मुख अवस्थामा पुगेको अर्का सहभागी देवीप्रसाद चाैलागाईले बताउनुभयो ।


काेशी क्षेत्रमा बढ्दाे रसायनिक मलको प्रयोगले खेतमा मात्रै नभई सिमसार क्षेत्रमा समेत असर देखिन थालेको माछा पालक किसान भीष्म अधिकारीले गुनासो गर्नुभएको छ ।


स्थानीय राजकुमार शर्माले रसायनिक मल र विषादीको अत्यधिक प्रयोगले गंगटा, भ्यागुतो, घाेंगी, मैना , बकुला र विभिन्न चराहरु लाेपाेन्मुख अवस्थामा पुगेको मात्रै नभई मानव स्वास्थ्यमा पनि असर पारेको बताउनुभयो । सहभागीहरुलेनाइट्रोजन प्रदूषण समाधानका उपायहरुमा व्यक्ति स्वयं , नागरिक समाज, स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनुपर्नेमा जाेड दिएको थियो । कार्यक्रममा आरक्षका संरक्षण अधिकृत रामदेव चाैधरीले सबै बालीको मल साेश्ने क्षमता नहुने भएकोले रसायनीक मल घातक रहेको बताउनुभयो ।

उहाँले रासायनिक मलको प्रदूषण वारे जनचेतना अभिवृद्धि गर्नुपर्ने, मलको प्रदूषण नियन्त्रणसम्वन्धी प्रभावकारी कार्यक्रम बनाई लागू गर्नुपर्ने र रासायनिक मलबाट नाइट्रोजनको नोक्सान कम गर्न अनुसन्धानमा लगानी गर्नुपर्ने बताउनुभयो ।
चाैधरीले सन् २०३० सम्ममा नाइट्रोजन प्रदूषणलाई आधा गर्ने कोलम्बो घोषणापत्र लागू गर्नुपर्ने , (नेपाल समेत ३० देशले घोषणा-पत्रमा साइन गरेको)ले कार्यान्वयन गर्नुपर्ने , प्राङ्गारिक मलको प्रवर्धन गर्नुपर्नेे, नाइट्रोजन स्रोतहरू पहिचान गर्न, रिपोर्टिङ र डेटा सङ्कलन क्षमता सुधार गरेर, पानीमा मिश्रित नाइट्रेट शुद्धीकरण गर्ने यन्त्र जडान गरेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।


मानवअधिकार समुहका अध्यक्ष राजकुमार शर्माले निजी क्षेत्रबाट रासायनिक मलको प्रयोगलाई चरणवद्ध रुपमा कम पशुधनको फोहोरलाई जैविक मलको रूपमा प्रयोग गरेर रसायनिक मल घटाउन सकिने बताउनुभयो । शर्माले कृषि बाली संकलन पछि दलन बाली लगाउनुपर्ने बताउनुभयो ।


संरक्षणकर्मीहरुका अनुसार युएनईपी २०२३ काे तथ्यांकले प्रदूषित हावाले मुटुको, स्वाँस नलीको क्यान्सर र आँखा सम्बन्धी रोग निम्त्याने र विश्वमा हरेक वर्ष वायु प्रदूषणवाट ८० लाख मानिस मर्ने गरेको तथ्याँक छ ।