सुनसरीको इनरुवामा साहित्य कार्यक्रम तथा रचनाबाचन सम्पन्न भएको छ । शनिबार सिर्जनामा इनरुवाको ५२ औं श्रृखला तथा नियमित रचना वाचन र लघुकथाकार रमेन्द्र कोइरालाको तेस्रो लघुकथा कृति “साँगलो ”को समीक्षा कार्यक्रम तथा रचनाबाचन सम्पन्न भएको हो । कृति “साँगलो लघुकथा”को समीक्षा तथा विमर्श संस्थाका उपाध्यक्ष राधादेवी सुवेदी अध्यक्षतामा सम्पन्न भएको सचिव लिलानाथ सिलवालले जानकारी दिनुभयो । कार्यक्रममा ६० बढी साहित्यकारहरुले रचनाबाचन तथा लघुकथा सुनाएका थिए । इनरुवा ९ बबियाको श्री भगवती मन्दिरमा सम्पन्न भएको साहित्य कार्यक्रममा कोशी प्रदेश र काठमाण्डौंसम्मका सर्जक साहित्यकार तथा समाजका बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । मासिक रचना बाचन कार्यक्रम तथा “साँगलो”को विमर्शमा विशिष्ठ अथिति राष्ट्रिय लघुकथाकार ममता मृदुलले लघुकथा विचार र निषर्शका सुझाव दिने भएकाले साहिन्यको प्रतिविम्ब भएको बताउनुभयो । कार्यक्रममा साहित्यकार राधादेवी पौडेल, क्याम्पस प्रमुख लिला आपागाई, टंक प्रसाद भेटवाल, युवराज दाहाल, प्रभु प्रसाद पराजुली, कृष्ण प्रसाद गौतम, शरद प्रधानाङ, दिपेश कुमार राम, अन्जन श्रेष्ठ, विष्णु थापा मगर, डम्बरुबल्भ भण्डारी, रोम अधिकारी, प्रकाश नेपाली, दिव्या राय सहितले रचना बाचन गर्नुभयो ।


त्यसैगरी सुमन कुमारी खत्वे, सरिता साहू, विष्णु दाहाल, सायरा आचार्य, सम्यम आचार्य, सुभद्रा अधीकारी, रोशन पाराजुली, करन यादव, आशिष यादव, राजुकुमार यादव, पवन कुमार यादव, अभिषेक कुमार यादव, रीता थापा, सान्भी निरौला, शुभेच्छा भट्टराई, झोटन मेहता, प्रकाश अनुराग, विकाशचंद पाठक, अंशु कुमार गुप्ता, शिवनारायण पंडित, रामचन्द मेहता, राजन कार्की, शुक्रराज कुंवर, रोशनी यादव, सुस्मीता यादव, भरत गुरागाई (बर्बरिक), कविराज घिमिरे, रंगलाल भट्टराई, छविनाथ रिजाल सहितले रचना बाचन गर्नुभएको थियो ।
कार्यक्रम इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार तथा पत्रकार जयकृष्ण यादव, समाजसेवी मुना लुईटेल, द्धारिका पोखरेल, किरण मेहता, राजेन्द्र कुमार श्रेष्ठ, राज आचार्य सहितको उपस्थिती रहेको थियो ।