इनरुवामा ५.७५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
इनरुवा , भदौ ६ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–४ बसचोकबाट प्रहरीले ५.७५ ग्राम लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–५ का ४३ वर्षीय अर्जुन राई र ३३ वर्षीय प्रेमबहादुर राईलाई पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा को २८ प १३५ नम्बरको मोटरसाइकलमा सवार धरान–५ का अर्जुन राई र प्रेमबहादुर राईको साथबाट लागूऔषध ब्राउन सुगर ५ग्राम ७५० मिलिग्राम बरामद भएकाले पक्राउ गरिएको हो । मोटरसाइकल सहित नियन्त्रणमा लिइएका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको खड्काले जाकनारी दिनुभयो ।
१, बरामद भएको ब्राउन सुगर सहितको मोटरसाईकल ।
तस्विर ः जयकृष्ण यादव। इनरुवा
