सुनसरीमा गाँजा बरामद ः मुख्य नाइके को ?
अजित कुमार झा
इनरुवा, ११ भदौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार देवानगञ्ज गाउँपालिका–१ बाट ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीको टोलीले रामजानकी मन्दिर पछाडि लुकाइछिपाई राखेको अवस्थामा ४ सय १३ केजी गाँजा बरामद गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
बीआर ३८ आर ०५५८ नम्वरको भारतीय मोटरसाईकल सहित बोरामा राखिएको अवस्थामा ४१३.९८ केजी गाँजा बरामद गरेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो । बरामद भएको गाँजाको बिषयमा अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले सुनसरीका बिभिन्न स्थानमा सवारीसाधन सहित गाँजा बरामद गरेको भएपनि केही भरिया मात्र पक्राउ गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
प्रहरीले सुरक्षा गस्तीका क्रममा गाँजा नियन्त्रण र बरामद गरेको भएपनि यसका ’मुख्य योजनाकार’ वा ’मुख्य कारोबारी’ विरलै मात्र पक्राउ पर्ने गरेका छन् । प्रहरीको सक्रियताका बाबजुद पनि तस्करको मुख्य सञ्जालसम्म कानुन पुग्न नसक्नुले लागुऔषध नियन्त्रण प्रयास माथि गम्भीर प्रश्न उब्जाएको छ । बरामद भएको गाँजाको बिषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भौतिक रूपमा गाँजा जफत गर्नु र भरिया समात्नु मात्र पर्याप्त नभएको विज्ञको सुझाव रहेका छन् । वित्तीय स्रोत र सम्पत्ति शुद्धीकरण माथि अनुसन्धान केन्द्रित गरेर अवैध धन्दाबाट आर्जित सम्पत्ति जफत गर्न सके मात्र मुख्य कारोबारी कानुनको फन्दामा पर्ने स्थानीय सरोकारवालाले बताएका छन् ।
जबसम्म पर्दा पछाडिका मुख्य नाइकेलाई कठघरामा उभ्याइँदैन, तबसम्म यस्ता कारोबार पूर्णरूपमा निरुत्साहित हुन कठिनाई देखिएको सरोकारवालाले बताएका छन् । त्यसैले यस बिषयमा सम्बन्धीत निकायको ध्यान केन्द्रित हुन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।–––
