अजितकुमार झा
इनरुवा, ७ भदौ । थरुहट हाम्रो पहिचान, अधिकार, अस्तित्व र स्वाभिमान’ भन्ने मूल नाराका साथ सुनसरी सदरमुकाम इनरुवामा आइतबार ११ औँ थरुहट विद्रोह दिवसको अवसरमा बिरोध प्रदर्शन गरिएको छ ।
थारु कल्याणकारिणी सभा नगर कार्यसमिति इनरुवा सुनसरीको संयोजन र थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सुनसरीको समन्वय तथा थारु कल्याण कारिणी सभा इटहरी,दुहबी, रामधुनी, धरान, बराहक्षेत्र, बर्जु, गढी, थारु महिला सभा र थारु अन्तर्राष्ट्रिय महासभाको संयुक्त सहभागीतामा बिरोध प्रदर्शन गरिएको थारु कल्याणकारी सभा सुनसरीका महिनारायण चौधरीले जानकारी दिनुभयो ।
दिवसको अवसरमा इनरुवाको सोमबारे हाटबाट निकालिएको बिरोध ¥याली इनरुवा बजारको परिक्रमा गर्दै इनरुवा–१ स्थित लौकतान्त्रीक चौकमा गएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा स्थानीयवासी, महिला तथा युवाको उल्लेख्य सहभागीता रहेको थियो । सहभागीले थरुहटको पहिचान र अधिकार झल्किने ब्यानर तथा प्लेकार्ड प्रदर्शन गर्नुका साथै न्यायको माग गर्दै विभिन्न नारा सहित प्रदर्शन गरेका थिए ।
कोणसभालाई कार्यक्रमलाई थारु कल्याण कारिणी सभाका केन्द्रिय पार्षद रमेश चौधरी, सुनसरी उपसभापति जानकी चौधरी, दुहबी कार्यवाहक अध्यक्ष विवेक चौधरी, इटहरी अध्यक्ष लक्ष्मी नारायण चौधरी, थारु महिला सभाका सुनसरी अध्यक्ष पार्वती चौधरी लगायतका वक्ताले लाल आयोगको प्रतिवेदन सार्वजनीक गर्नका लागि माग गर्नुका साथै गरिमा चौधरीको हत्यारालाई हदै सम्मको कारवाही गर्नका लागि माग गरिएको थियो ।