रसुवा बाढीमा निधन भएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्दै विद्यालयमा एक मिनेट मौनधारण
इनरुवा , भदौ ११ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरको श्री आधारभुत विद्यालयले रसुवा बाढीमा निधन भएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्दै एक मिनेट मौनधारण गरेको छ । कक्षा सुरु हुनु अगावै प्रार्थनामा शिक्षक, विधार्थीको सहभागितामा बाढीमा निधन भएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्दै विद्यालयमा एक मिनेट मौनधारण गरेर कक्षा सञ्चालन गरेको हो । विद्यालयका प्रधानाध्यापक देवकृष्ण यादवका अनुसार बुधबार रसुवाको भोटेकोशीमा आएको भिषण बाढीमा सयौंको ज्यान गएको र सयौं बेपता भएको दुखद घडीमा निधन भएकाहरु श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा धैर्यधारणको शक्ती मिलोस भएर सम्वेदनका लागि मौन धारण गरेर कक्षा चलाएको हो । यादवले भन्नुभयो,“
विहीबारका दिन हाम्रो विद्यालयका शिक्षक विद्यार्थीहरुले संयुक्त रुपमा बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा तिब्बतबाट प्रवेश गरेको भिषण बाढीले पूर्याएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली , घाइतेको स्वास्थ्य लाभको कामना गर्दै एक मिनेट मौनधारण कार्यक्रम सम्पन्न गरियौं ।”
