जयकृष्ण यादव। इनरुवा
इनरुवा , भदौ ६ गते । सुनसरी विभिन्न स्थानमा चौपाया चोरीको घटना बढेको छ । एक महिनामा १० भन्दा बढी स्थानमा पशु चौपाया चोरी भएको स्थानीयहरुले गुनासो गरेका छन् । चोरीको घटना एकपछि अर्को बढेकाले स्थानीयहरु त्रसित बनेका छन् । पच्छिलोपटक सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबिया यादव टोलमा चौपाया चोरी भएको छ । दुईवटा घरमा चोरीको प्रयास भएकोमा एउटाको घरमा धनीले थाहा पाएपछि जोगिएको छ भने अर्को एक घरमा दुईवटा गोरु चोरी भएको छ । मध्य रातमा सनिचर यादवको घरमा आएको चोरले चोरीको प्रयास गरेको भएपछि धनीले थाहा पाएपछि जोगिएको छ भने बबियाको वौवालाल यादवको घरमा दुईवटा हल गोरु चोरी भएको हो । रातिको समयमा चोरी भएकोले घरधनी र प्रहरी बेखबर रहेको थियोे । घास दिन विहान उठ्दा मात्रै दुईवटा गोरु चोरी भएको थाहा भएको यादवले बताउनुभयो । प्रहरी चौकी बबियाले मौखिक जानकारी आएको भएपनि लिखित जानकारी नभएको प्रतिकृया दिएको छ ।