जयकृष्ण यादव । इनरुवा
इनरुवा , पुस २ गते ।
सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मा मंगलबार आफ्नो खेतमा सिचाइ गर्ने क्रममा करेन्ट लागेर एककाे निधन भएको छ भने अर्का एक घाइते भएका छन् ।
पानी ताने माेटरबाट करेन्ट लागेर देवानगञ्ज ४ का ३८ वर्षिय राजा मेहताकाे मृत्यू भएकाे छ भने उहाँकाे १५ वर्षिय छाेरा करण मेहता गम्भीर घाइते हुनुभएकाे छ। करेन्ट लागेर बेहाेस भएकाे राजा मेहतालाई काेशी अस्पताल विराटनगर लगेकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे थियाे । मृतकका छाेरा करण मेहताकाे उपचार भईरहेकाे र अवस्था गम्भीर रहेकाे ईलाका प्रहरी कार्यलाय देवागनञ्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयाे ।