सुनसरीकाे इनरुवा नगरपालिकाद्वारा आयोजित “सामाजिक संजालको दुरुपयोग हटाउन सरोकारवालाको भुमिका” विषयमा आधारभूत तहमा अध्ययनरत बिद्यार्थीहरुका लागि बक्कतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सहभागी हुने सम्पुर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै नगर प्रमुख केदार भण्डारीले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा इस्ट पोइन्टका – श्रेयांश निरौला प्रथम ,सेम्बायोसिस बोर्डिङका- बन्दना मेहता दितिय, स्मल हेवेनका – भिमार्जुन निरौला तृतीय भएको थियो ।