सुनसरीकाे इनरुवा नगरपालिका वडा नम्बर १ मा रहेको बाणिज्य बचत तथा  ऋण सहकारी संस्था लिमिटेडकाे १५औं बार्षिक साधारण सभा सुरु भएको छ । संस्थाले आफ्नो गत आ.व. २०८०/०८१ म गरेको प्रगति विवरण र चालु आ.ब.२०८१/०८२ को प्रस्तावित नीति तथा बजेट कार्यक्रममा छलफल गर्ने गरि सभा सुरु भएको जनाएको छ  । संस्थाले आफ्नो प्रगति प्रतिवेदन  अध्ययन गरी रचनात्मक सल्लाह सुझावहरु प्राप्त हुने अपेक्षा गरेको जनाएको छ । सभामा प्रस्तुत गरेको प्रतिवेदनमा  शेयर पूँजी र शेयर सदस्यता : गत आ.ब. २०७९/०८० को अन्त्यमा रु. १,३७,६४,७००/-शेयर पूँजी रहेकोमा आ.ब २०८०/०८१ मा साधारण सभाको निर्णयानुसार शेयर लाभांश रकमलाई सदस्यको शेयर रकममा थप र कारोबारबाट शेयर रकम प्राप्त सहित शेयर पुँजी रु. २०,८९,२००।- थप भई जम्मा रु. १,५८,५३,९००।- मध्ये विभिन्न कारणले शेयर रकम रु. २१,८२,४००।-फिर्ता भई २०८१ आषाढ मसान्त सम्म रु. १,३६,७१,५००।- दायित्व रहेको छ भने गत आ.ब. को सदस्य संख्या २२०० मा सदस्य संख्या ४२६ थप भई जम्मा सदस्य संख्या २६२६ मध्ये बिभिन्न कारण देखाई आंशिक रुपमा ७२ जना र पूर्णरुपमा ४१ जनाको शेयर रकम फिर्ता भई २०८१ असार मसान्त सम्म सदस्य संख्या जम्मा २५८५ रहेको जानकारी गराएकाे छ ।

सभाले दिएको जानकारी  निक्षेप (बचत) संकलन: गत आ.ब. २०७९/०८० को अन्त्य सम्ममा बचत रु. ८,१५,३६,८०९/१४ रहेकोमा आ.ब. २०८०/०८१ मा रु. १८,६२,५३,७०३/७५ संकलनभई जम्मा रु. २६,७७,९०,५१२/८९ बचत मध्ये रु. १७,४७,०९,८६०/०२ सदस्यहरुलाई बचत भुक्तानी भई २०८१ अषाढ मसान्त सम्ममा बचत रु. ९,३०,८०,६५२/८७ भुक्तानी दिनु पर्ने दायित्व रहेको जानकारी गराएकाे छ ।

प्रतिवेदनमा  ऋण लगानी तथा असुली : गत आ.ब. २०७९/०८० को अन्त्य सम्ममा सदस्यहरुमा ऋण लगानी रु. ६,२०,३६,४९३।- रहीरहेकोमा आ.ब. २०८०/०८१ मा थप कर्जा लगानी रु. ८,७५,१७,०००।- भई जम्मा रु.१४,९५,५३,४९३।- लगानी भएको मध्ये रु.८,३७,२७,२६०।- कर्जा असुली भई बाँकी ऋण रु. ६,५८,२६,२३३३- लगानीमा रहिरहेको छ। खर्च विवरण :- संस्थाले आ.ब. २०८०/०८१ को लागि प्रस्तावित गरिएको खर्च रु.१,६९,४७,२५०।- अनुमान गरिएकोमा यथार्थ खर्च रु. १,२९,८५,७४९/९७ खर्च भएकोलाई अनुमोदन गरिदिन हुनका साथै आ.ब. २०८१/०८२ को लागि तपसिल अनुसार बिभिन्न शिर्षकमा रु. १,६०,६८, २५०।- को अनुमानित खर्च हुने प्रस्ताव भएको हुँदा सो प्रस्ताव पारित गरिदिन भनिएको छ ।


बाणिज्य बचत तथा  ऋण सहकारी संस्था लिमिटेडकाे १५औं बार्षिक साधारण सभामा
संचालक समिति अध्यक्ष विन्देश्वर मेहताले अध्यक्षता गर्नुभएको छ  । उपाध्यक्ष सुरेन्द्र कुमार बोधरा, सदस्य भजन लाल मेहता , दिनेश कुमार निरौला, रन्जित कुमार मेहता ,अनु देवी आले ,लिला मेहता ,निरा पोखरेल,कुलदिप मेहता सहितकाे उपस्थिति रहेको छ ।

संस्थाका लेखा सुपरीवेक्षण समिति  संयोजक श्यामदेव मेहता ऋण उप-समिति बिमला श्रेष्ठ सदस्य, प्रभु नारायण पण्डित सदस्य, ऋण  उप-समिति संयोजक भजन लाल मेहना ,सदस्य परमेश्वर प्रसाद राउत र लक्ष्मी बर्मा तथा शिक्षा उप समिति  अनु देवी आले संयोजक,रामलखन मेहता र रिता देवी मेहता सदस्य रहनुभएकाे छ । सभामा सल्लाहकार हाजि इसराईल मन्सुरी ,गणेश प्रसाद दुलाल र अधिवक्ता पञ्चदेव मेहता सहितको उपस्थिति रहेको छ ।