वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. इनरुवाको १५ औं बार्षिक साधारण सभा सम्पन्न

जयकृष्ण यादव । इनरुवा
वाणिज्य बचत तथा पूर्ण सहकारी संस्था लि. इनरुवाकाे १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि कोशी प्रदेश, उधोग, कृषि तथा सहकारी मन्त्री खगेन्द्र सिंह हाडवोको प्रमुख आतिथ्य र कोशी प्रदेश सभा सदस्य माननिय इसाइल मन्सुरीकाे विशिष्ठ आतिथ्य तथा विभिन्न संघ संस्थाको प्रतिनिधिहरु समेतको अतिथीको उपस्थितीमा संस्था अध्यक्ष एवम सना अध्यक्ष श्री विन्देश्वर मेहताले आ. व. २०८००८१ मा सस्थाले गरको अधार्थ कारेबार २५६,४३,३३,३३५१९ को प्रगति प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुको साथै चालु आ.व. २०८१/०८२ को लागि अनुमानित बार्षिक कार्यकम बजेट रु ६३,६१.६६,६५०/- को लक्ष्य लिएको प्रतिवेदन प्रस्तुत गर्नुको साथै संस्थाले सोही अनुसार कारोबार सुरु गरेको देखिन्छ। २०८ ०९/०५ गते सम्म संस्थाको शेयर सदस्य २,७२९ जना शेयर पुंजी १.३७,८६,७००/- बचत ९,७३,४००८ कर्जा लगानीमा ७,०१,४१,६३९/- रहेको र सस्थामा तरलता मौजदात ५०.०९ प्रतिशत रहेको छ ।

आ.व. २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन अनुसार संस्था मुनाफामा रहेकोले शेयर सदस्यहरुलाई बोनश वितरण गर्ने अवस्थामा देखिएको छ ।

बाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५औं बार्षिक साधारण सभामा संचालक समिति अध्यक्ष विन्देश्वर मेहताले अध्यक्षता गर्नुभएको छ ।

उपाध्यक्ष सुरेन्द्र कुमार बोथरा, सदस्य भजन लाल मेहता , दिनेश कुमार निरौला, रन्जित कुमार मेहता ,अनु देवी आले ,लिला मेहता ,निरा पोखरेल,कुलदिप मेहता सहितकाे उपस्थिति रहेको छ ।

संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक श्यामदेव मेहता ऋण उप-समिति बिमला श्रेष्ठ सदस्य, प्रभु नारायण पण्डित सदस्य, ऋण उप-समिति संयोजक भजन लाल मेहना ,सदस्य परमेश्वर प्रसाद राउत र लक्ष्मी बर्मा तथा शिक्षा उप समिति अनु देवी आले संयोजक,रामलखन मेहता र रिता देवी मेहता सदस्य रहनुभएकाे छ ।

सभामा सल्लाहकार हाजि इसराईल मन्सुरी ,गणेश प्रसाद दुलाल र अधिवक्ता पञ्चदेव मेहता सहितको उपस्थिति रहेको छ ।

लाटिदेवि बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष कृष्णप्रसाद घिमिरे , गाेरखापत्र दैनिकका जयकृष्ण यादव सहितका अथितिले शुभकामना दिनुभएको थियो ।
उता कोशी प्रदेश उधोग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले प्रदेशमा केही दिनयता रसायनिक मलको अभाव भएको गुनासो आएकाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कम्पनीको आकस्मिक मौज्दातमा राखेको मलको वितरण गर्ने तयारी भएको बताउनुभएको छ । सुनसरीको इनरुवामा बाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभालाई सम्बोधन गर्नुुहुदै किसानको मागलाई ध्यानमा राखेर आफूहरुले प्रदेशमा रहेको केही आकस्मिक मौज्दातमा राखेको मल समेत वितरणको तयारीमा रहेको बताउनुभयो । मन्त्रीले हाङगामले उद्योग,कृषि तथा सहकारी मन्त्रालायले सम्बान्धित निकायहरुको समन्वय र संघीय सरकारको समेतको ध्यानाकर्षण गराई हिउँदे बालीको गहुँ, मकैं तथा तरकारी बाली, आलुको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएपछि आकस्मिक मौज्दातमा राखेको मलको वितरण गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले प्रदेशको भन्दा मल वितरणको जिम्मा संघीय सरकार मातहतमा रहेको र अनुगमनको मुख्य जिम्मेबारी स्थानीय सरकारमा रहेकाले आफूहरु समन्वयको भुमिकामा रहेको बताउनुभयो ।
रसायनिक मलको अभाव देखिएपछि भण्डारणमा मौज्दात रहेको १० प्रतिशत मल वितरण गरेर अवस्थालाई सहज बनाउने तयारीमा रहेको बताउनुभयो । कुल आयात गरिएको मलको कम्तीमा १० प्रतिशत मल आकस्मिक मौज्दातका रूपमा रहने व्यवस्था हुन्छ ।
रासायनिक मलको भण्डारण हुँदाहुँदै वितरण प्रक्रियामा देखिएको सामान्य त्रुटिले तत्कालका लागि मलको अभाव देखिएको जस्तो भए पनि मलको अभाव क्रमिक रूपमा सुधार भइरहेको दाबी गर्नुभयो ।
स्थानीय तह हुदै जिल्लामा कृषि ज्ञान केन्द्र सहितको सिफारिसमा हुदै आएको मल वितरण प्रक्रियामा केही प्राविधिक समस्या भएकाले अभाव जस्तो देखिएको उहाँले बताउनुभयो ।
विगतको भन्दा बढी मात्रामा मकैं खेती गर्ने किसान बढेको र गहुँको भन्दा बढी मल मकैंमा लाग्ने भएकाले हिउँद सिजनमा डिएपी र पोलास मलको माग उच्च भएपनि मौज्दात अत्यन्तै न्यून भएका कारण माग अनुसार परिपूर्ति गर्न नसकिएको जानकारी आफूहरुलाई आएको बताउनुभयो ।
फरक प्रसंगमा सहकारी ठगी प्रकरणमा कोही पनि उन्मुक्ती नपाउने दावी गर्नुहुदै सहकारीलाई जनमैत्री र सेयर तथा बचतकर्तामैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ठगेर खानेहरु कुनै पनि बेला कार्वाहीको दायरमा आउने उदारहण रहेकाले सहकारीकर्मीहरुलाई इमान्दारीता पूर्व काम गर्न आग्रह गर्नुभयो ।
सोही सभामा कोशी प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरीले मल वितरण प्रक्रियालाई व्यवस्थित बनाएर सहज रासायनिक मलको आपूर्ति हुनुपर्ने पक्षमा आफूहरु भएपनि मकैं र गहुँ छर्ने सिजनमा मलको अभाव भएको विषयमा सम्बन्धित निकायमा पहल थालेको बताउनुभयो ।

१, सुनसरीको इनरुवा नगरपालिका १ मा बाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभामा अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
