बराहक्षेत्रबाट गाजाँ बरामद,गाजा बोक्ने फरार
जयकृष्ण यादव । इनरुवा
इनरुवा , पुस ८ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा लागू औषध गाजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले गस्तीको क्रममा अबैध लागू औषध गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले दिनुभएको जानकारी अनुसार सुनसरीको उतरी क्षेत्र बराहक्षेत्र नगरपालिका १ को पटनाली खोलाबाट ९७ केजी लागू औषध गाजा बरामद गरेको हो ।

सशस्त्रले पटनाली खोला स्थित उत्तरतर्फबाट खोलाको बाटो हुदै दक्षिण चतरा धरान सडक खण्डतर्फ जादै गरेको अपरिचित ब्यक्तिहरुले जेबरा झोलामा नाम्लोको प्रयोग गरी बोकी ल्याउदै गरेको अवस्थामा उक्त गाजा बरामद गरेको जनाएको छ ।

सशस्त्रले ९७ के.जी.प्रतिबन्धित लागु औषध गाँजा जस्तो देखिने (वनस्पति) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुदेश राईको कमाण्डमा खटिएकोमा ती व्यक्तिहरु गाँजा फाली फरार भएको थियो । गाजाँ बोक्ने व्यक्ति फरार हुँदा उक्त गाँजा बरामद गरी सुरक्षा बेश चतराले नेपाल प्रहरीलाई बुझाउ प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।
१, सशस्त्र प्रहरीले बराहक्षेत्रमा गस्तीको क्रममा बरामद गरेको अबैध लागू औषध गाजा सार्वजनिक गर्दै ।
