जयकृष्ण यादव । इनरुवा

इनरुवा , पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिकामा पहिलो पटक जिल्लाभारीका स्थानीय तहको सहभागितामा स्थानीय स्तरीय कबड्डी प्रतियोगिताको तयारी भएको छ । कबड्डी खेलको विकास र स्थानीय खेलाडीको प्रोत्साहनका लागि भन्दै बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले इनरुवामा पहिलोपटक कबड्डी गर्ने तयारी गरेको हो । शिक्षा विकास तथा समन्वय इकाई पछाडीको बबिया खेल मैदानमा हुने कबड्डी प्रतियोगितामा जिल्लाको १२ वटै स्थानीय तहका खेलाडीहरुको सहभागिता रहने समितिका जुग्नु साहले जानकारी दिनुभयो । साहले पुस १० गतेबाट तीनसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।


कोशी प्रदेशमै जिल्लाका सबै स्थानीय तहहरुको सहभागीतामा कवड्डी गरेको उहाँको दावी रहेको छ । पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार जिल्लाको इनरुवा, दुहवी, रामधुनी, बराहक्षेत्र नगरपालिका, धरान र इटहरी उपमहानगरपालिका तथा गढी, बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नसिंह र कोशी गाउँपालिकाको स्थानीय कबड्डी टिमहरुको सहभागिता रहनेछ । जिल्लामै साविक बबिया गाविस हुदाँ कबड्डी खेलको माध्ष्मबाठ पहिचान कमाएको र देशको विभिन्न स्थानमा उपाधी चुमेको एतिहासिक ठाउँ भएको समेत दावी गरिएको छ ।