इटहरीमा संयुक्त कबिता बाचन कार्यक्रम

अरविन्द मेहता । इनरुवा

सुनसरीको इटहरीमा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल लेखक संघको आयोजनामा आयोजित संयुक्त कविता वाचन कार्यक्रममा सुनसरीका कविहरु बम देवान, अर्जुन शर्मा, विमला बोवेल र जयकृष्ण यादवले चार / चार वटा कविता बाचन गर्नुभयो ।


चारै जना साहित्यकार कविका प्रतिनीधि कविताहरु बाचनका साथै अन्य कविहरुले समेत रचना बाचन गर्नुभएको थियो ।


सम्पन्न कार्यक्रममा संघका अध्यक्ष आलाेक प्रसाद खनाल, प्रमुख अतिथी प्रा. डा.खेमराज खनाल, विशिष्ट अथिति निर्मल बराला सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्ष टीका मिलन, साहित्यकार विश्वास माझी,आलोक कु. चौधरी, सुजित साह, रिता राई, कृष्णबहादुर, जगदीश सोपकोटा, गंगा रिजाल (एसपी), सन्ध्या ढगाना, पुष्प ढुंगाना, समृद्ध खत्री, ज्ञान किराती, आयुष्मा बराल,मिन राना मगर, मिना श्रेष्ठ राना लगायतका ले साहित्य चर्चा गर्नुभएको थियो ।




