सुनसरीकाे इनरुवामा खीष्टमसको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । ख्रीष्टमस २०२४ ए.डि. (बि.सं. २०८१) को ख्रीष्ट जन्मोत्सवको सुखद् अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नगर प्रमुख केदार भण्डारीले इनरुवा नगरवासी तथा नेपाली दाजु-भाई, देश तथा विदेशमा रहेकाहरू प्रति शुभकामना दिनुभएको छ ।

वुधबार  ख्रीष्टमसमा प्रेम, शान्ति, सुख, स्मृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा आउँदो नयाँ बर्ष २०२५ शुभकामना तथा प्रर्थाना गरिएको छ ।

कार्यक्रममा केरल संगती, एडभान्स ख्रीष्टमस, ख्रीष्टमस बिहान ११:०० बजे देखि ०२:३० बजे सम्म विविध कार्यक्रम गरेको थियो । इनरुवा-३, (चौतारी टोल, सोमवारे नजिकै सुनसरी, कोशी प्रदेश, एलोहिम चर्चमा कार्यक्रम गरेको जनाएको छ ।


श्रीस ग्रीष्ट जन्मउत्सव कार्यक्रम एलोहिम मण्डली अध्यक्ष – पा. प्रताप लाल मुखियाकाे अध्यक्षतामा सम्पन्न भएको थियो । सेवक सोश चाैधरी,सचिव
सुशमा माेची, भक्त बहादुर तामाङ, दिपक कुमार चौधरी, निरज कुमार चौधरी,रमेश कुमार चौधारी विनोद कुमार चौधरी,अशोक पोखरेल सहितको उपस्थिति रहेको थियो ।

खीष्टमसको अवसरमा शुभकामना दिदै नगर प्रमुख केदार भण्डारी