निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को  सुनसरी जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार विहानदेखि सुरु भएको १६ औँ जिल्ला  अधिवेशनले  नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

विभिन्न राजनीतिक आस्था सहित स्वतन्त्रबाट पनि उत्तिकै चासो देखाइएको प्याब्सनमा सर्वसहमतिमा कार्य समिति चयन भएको  छ । इटहरीमा सम्पन्न भएको सुनसरी जिल्ला प्याब्सनको १६ औ अधिवेसनबाट सर्वसम्बत रुपमा  थानेश्वर ढकालकाे अध्यक्षतामा समिति निर्वाचित भएको जनाएको छ ।

प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्षमा रमेश कार्की, उपाध्यक्षमा बिजय राई र गणेश भन्डारी, सचिवमा दिपक कार्की , कोषाध्यक्षमा गोपाल निरौला, सहसचिवमा मनोज यादव र पुरुषोत्तम राई चयन हुनुभएको छ ।

अध्यक्ष लगायत सबै चयन हुनुहुने  सम्पुर्ण  सदस्यहरुलाइ बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे छ।