सुनसरी प्र.ले.स.मा पहिलो महिला अध्यक्ष
सुनसरीकाे इटहरीमा प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सुनसरीको १०औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न भएको अधिवेशनले ऐतिहासिक रुपमा पहिलोपटक महिलाको नेतृत्वमा प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सुनसरी चयन भएको छ ।


शनिबार सम्पन्न प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सुनसरीको १० औँ जिल्ला अधिवेशनले विमला पाेखरेलकाे अध्यक्षतामा नयाँ कार्य समिति भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रलेस केन्द्रीय उपाध्यक्ष नमुना शर्मा, केन्द्रीय उपमहासचिव साथै अन्य केन्द्र र प्रदेशका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

पाेखरेल नेतृत्वको प्रलेस कार्य समितिको
उपाध्यक्षमा कृष्णप्रसाद गौतम (इटहरी -५) सचिवमा कृष्णप्रसाद नेपाल (इटहरी-५)सहसचिवमा सुस्मिता नेपाल- (इटहरी-५)कोषाध्यक्षमासन्जिव कटुवाल चयन हुनुभयो ।त्यसैगरी सदस्यहरुमाचन्द्रबहादुर सुवेदी ( इटहरी-६),मिथिला पोख्रेल( इटहरी -५), कान्ता पोख्रेल (इनरुवा – ३) ,गीता बस्नेत (इनरुवा- ६) रहनुभएकाे छ ।
