ममता यादव । इनरुवा
इनरुवा , पुस १५ गते । सुनसरीमा लागुऔषध दुर्व्यसन विरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यविधि मस्यौदा तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसन विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन मस्यौदा तयार गरेको हो । सम्भु अधिकारी सहितको लागुऔषध दुर्व्यसन विरुद्धको अभियान फ्यान जिल्ला कार्य सम्पादन समितिका सदस्यहरुले विधालयमा संचालन गरिने कार्यक्रमलाई प्रभावकारी बनाउन १० पृष्ठकाे मस्यौदा तयार गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सविना लिम्बूलाई मस्यौदा बुझाएको हो ।

लागुऔषध दुर्व्यसन विरुद्धको अभियानलाई सार्थक बनाउने जिल्ला प्रहरी कार्यालय सुनसरीको योजना कर्यान्वयन गर्न मस्यौदा तयार गरिएको दुर्व्यसन विरुद्धको अभियान व्यवस्थापन तथा परिचालन कार्य विधी मस्यौदा समितिका विमला ढकालले जानकारी दिनुभयो ।


मस्यौदा समितिमा बरिष्ठ अधिवक्ता प्रमुख सल्लाहकार कृष्णप्रसाद दाहाल,संयोजक शम्भु अधिकारी, सहसंयोजक उक्तमकुमार सुबेदी, सदस्य विमला ढकाल, जयकृष्ण यादव,कृष्णप्रसाद ढकाल, विमला घिमिरे रहनुभएकाे छ । सुनसरीकाे ७२ सामुदायिक विधालयमा लागू ओषध दुर्व्यसन विरुद्धको अभियान फ्यान क्लब गठन भएको छ  ।

उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई भुमिका सहित आवद्ध गराउने, मासिक कार्यक्रम गर्ने र विधार्थीहरुलाई लागू ओषध दुर्व्यसनबाट मुक्त राख्न सचेतना मुलुक कार्यक्रम गर्ने लगायतका सवाल समेटिएको छ  ।