समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा जिल्ला सुरक्षा समितिको आयोजनामा हरिनगर गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थितीमा प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आमनागरिक माझ पारदर्शी एवम् सहभागितामा अभिवृद्धि गर्ने गरी आयोजनामा नागरिक सुनुवाई कार्यक्रममा सय बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तीवारीको अध्यक्षता तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रममा विगतमा राखेको सुझावको कार्यान्वयनदेखी प्रहरीको कार्यशैलीमा सुधार तथा सीमामा भईरहेको चोरी तस्कारीसम्मको सवालमा सुझाव राखेका थिए ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय बुद्विजिवी, संचारकर्मी तथा गाउँबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन आफू सदैव अग्रसर रहेको प्रहरीले बताएका थिए ।

हरिनगर र भुटाहा एरियामा सिसिटिभि राखिनुपर्ने स्थानहरुको पहिचान गरि सिसिटिभिको संख्यामा थप गरि निगरानी बढाउनुपर्ने सुझाव स्थानीयले दिएका थिए । ‘सुरक्षित समाजका निमित्त समुदायबाट आफुले सामुदायिक गस्तिमा प्रहरीसँग समुदायको सहकार्य, सीमा चोरी तस्करी नियन्त्रण, विभिन्न घटनाको समयमै जानकारी, मदिराजन्य पदार्थको बिक्री वितरणमा निश्चित एरिया तोकिनुपर्ने र सडक अतिक्रमणमा रोक लगाउन समुदायको सहयोग उल्लेखनीय रहने छ ।’ प्रहरीको भनाई थियो । प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले अपराधका सम्बन्धमा प्रहरी र समुदाय दुवैले ‘क्विक अपरेशन’ गर्नुपर्ने र त्यसमा प्रहरीको बढि सक्रियता रहनुपर्ने बताउनुभयो ।

सुरक्षित समाजका निमित्त सिसिटिभि जडान गर्ने दिशामा समेत सबैले चासो दिनुपर्ने , सिमामा चोरी तस्कारी र मदिरा नियन्त्रण गर्ने सवालमा आवश्यक योजना बनाई अभियान नै चलाउनुपर्ने स्थानीयहरुको भनाई थियो ।

गाउँपालिका अध्यक्ष गफार अंसारीले सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहेको बताउनुभयो । समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेकाले शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि त्यतिकै सजक रहनुपर्ने उहाँको भनाई रहेको थयो ।

१, सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित नागरिक सुनुवाई कार्यक्रमका अथितिहरु र सहभागीहरु ।
