प्रअका लागि रक्सी नल्याएको आरोपमा कार्यालाय सहयोगीलाई कार्वाही
इनरुवा , पुस २१ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयका कार्यालय सहयोगी लक्ष्मी उराँवले प्रधानाध्यापकले भनेको बेला रक्सी नल्याएको आरोपमा कामबाट निकालिएको गुनासो बाहिर आएको छ । वि.स.२०५० सालदेखी इमान्दारिपूर्वक काम गर्दै आएकोमा आफूलाई विद्यालय समयमा नै एक वर्ष अघिदेखी नै कहिले डेरा घरमा काममा लगाउने त कहिले रक्सी ल्याउन भनेको र केही महिनाअघि सधै रक्सी ल्याउन नसक्ने जवाफ दिएपछि आफूलाई जागिरबाटै निकालिएको गुनासो गर्नुभएको छ ।
पीडित इनरुवा नगरपालिका २ नीवासी ५२ वर्षिय लक्ष्मी उराँवले सप्तरीको तिरुहत गाउँपालिका घरभई सरस्वती माविमा प्रधानाध्यापक रहनुभएका ५८ वर्षिय तेजनारायण यादवले रक्सी नल्याएको र समयमा खुवाउन सहयोग नगरेको आरोपमा आफूलाई कार्यालय सहयोगीको कामबाट निकालिएको गुनासो गर्नुभएको हो ।
कुरामान्दासम्म सगैं रक्सी खाने र आफूसंग ठूलो मोवाईल नभएकोमा प्रअ यादवले आफ्नो फोटो , भिडियो खिचेर दबाबमा राख्ने प्रयास गरेकोमा आफूले आफ्नो भिडियो बनाएको र बनाउन लगाएको थाहा पाएपछि रक्सी ल्याउन नसक्ने जवाफ दिएपछि आफूलाई जागिरबाटै निकालिएको उराँवले गुनासो गर्नुभयो ।
प्रअ यादवले आफूलाई झाग्डको अधिकार नै रक्सी बनाउने खाने रहेको भन्दै प्रयोग गरेर कहिले बजारको त कहिले गाउँमै चुवाएको रक्सी ल्याउन लगाउने गरेको खुलासा गर्नुभएको छ । उराँवले भन्नुभयो, “केही कुरा प्रधानाध्यापकको मान्नुपर्ने भएकाले आफूले रक्सी ल्याउने र केही आफूलाई पनि खुवाउने र धेरै उहाँले खानुहुन्थ्यो ।” सामान्य कुरा बुझ्नुस, म कार्यालाय सहयोगी कहिले काही आफनो मौजिक चार्ड करम पर्वको बेला, जात्राको बेला खाएकोमा त्यसको भिडियो बनाउन अर्का कर्मचारी र शिक्षकलाई प्रयोग गरेको पछि यादव सर मसगैं आएको बेला आफू मातेको फोटो भिडियो नखिच्ने तर मेरो राखेर ब्लायकमेल गर्ने गर्नुहुथ्यो । यही भएर विद्यालयको काम बाहेक तपाईको छोरा, श्रीमतीको काम र रक्सी ल्याउने काम गर्न नसक्ने जवाफ दिएपछि आफूलाई केहीमहिना अघिदेखी धाकधम्की दिदै आएकोमा पुसको पहिलो हप्ताबाट हाजिरि गर्न रोकेर जागिरबाटै निकालिएको गुनासो गर्नुभएको छ ।
यादवले आफू जहिले विद्यालय समयमा पान खान आफै निस्कने तर रक्सीका लागि मलाई प्रयोग गर्नेगर्नुहुन्थ्यो , यही कुरामा हाम्रो बेमेल भएपछि जागिरबाटै निकालिएकोले आफूलाई पुनःस्थापनाका लागि पहल गरिदिन अनुरोध र हारगुहार गर्दै मिडियामा आएको उराँवको कथन छ । उराँवले आफू ३० वर्षे जागिर जीवनमा सात जना प्रधानाध्यापकसंग काम गरेकोमा यस्तो दोहोरो चरित्रका जडियाहा प्रअको भेट नभएकोमा अहिले आएर इज्जतमा पनि असर पार्ने, रक्सी खाएर आफू मात्ने तर मेरो फोटो भिडियो बनाउने काम गरेर केहीलाई खुसी पार्न कार्यालय सहयोगी नियुक्ती गर्नका लागि यसो हर्कत गरेको दावी गर्नुभएको छ ।
उराँवले आफू उपदान, सञ्चय कोषको लाभ पाउने बेलामा प्रअ यादवले श्रम ऐन, निजामती हकहित र कर्मचारीको अधिकार समेत हनन गर्ने गरि जागिरबाट हटाउने काम गरेकोले न्यायका लागि पहल गरिदिन अपिल गर्नुभएको छ ।
उता उराँवले मिडिया र इन्सेकलाई समेत न्यायका लागि पहल गरिदिन अपिल गर्नुहुदै निवेदन दिनुभएको छ ।
उता प्रधानाध्यापक यादवले कार्यालय सहयोगीले लगाएको आरोप निराधार रहेको र उराँव जहिले रक्सी खाएर आएकोले दैनिक कार्यसम्पादनमा समस्या भएकोले निकालिएको प्रतिकृया दिनुभयो । आफूले रक्सी खाएको र ल्याउन लगाएको कुरा भने अस्विकार गर्नुभएको छ ।
”
