अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य र गीत प्रतियोगिता सम्पन्न
आज मिति २०८३/०५/०५ गते शुक्रबारका दिन श्री आधारभूत विद्यालय(१-८), इनरुवा नगरपालिका वडा नम्बर १०, जल्पापुरकाे नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य र गीत प्रतियोगिता सम्पन्न भएकाे छ । अतिरिक्त क्रियाकलाप सञ्चालन समितिकाे संयाेजक दिलिप पाैदार तथा सप्रअ तथा संरक्षक शिक्षक हाेमनाथ दाहालले कार्यक्रमकाे ओेैेैपचाारिक रुपमा सञ्चालन गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे अध्यक्षता विद्यालयका प्रधानाध्यापक देवकृष्ण यादवले गर्नु भएकाे थियाे । निर्णाायककाे भूमिका विद्यालका शिक्षिकाहरु पवित्रा कुमारी मेहता, आशा कुमारी शाह र मालतीदेवी शार्माले गरेका थिए । गीत प्रतियोगितामा कक्षा ६ की छात्रा सुजिता राम, कक्षा ६ की लक्ष्मी कुमारी मण्डल कक्षा ३ की कृतिका उराँव र कक्षा २ की साेनाक्षी राम क्रमशः प्रथम, द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गरेका हुन् । त्यसै गरी नृत्य तर्फ मनिषा मण्डल , अञ्जलि कुमारी पाैदार, सम्झना मण्डल र रितिका राम क्रमशः प्रथम , द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गरेका हुन् । अतिरिक्त क्रियाकलापले विद्यालयमा सकारात्मक प्रतिस्पर्धाकाे भावनाको विकास भई विद्यार्थीहरुकाे विद्यालयमा उपस्थिति हुने दरमा वृहत् वृद्धि भई रहेकाे छ ।
