जयकृष्ण यादव। इनरुवा
इनरुवा , भदौ ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह र इनरुवामा विद्युत् तथा सिँचाइ पूर्वाधारको निरीक्षण गर्नुभएको छ । शुक्रबार दिउसो मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ इनरुवाको चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्नुभएको हो । उहाँले पूर्वमा विद्यमान विद्युत् समस्या, प्रसारण लाइन लगायत पूर्वाधारको अवस्थाको निरीक्षण गर्ने क्रममा सुनसरी खोला र सबस्टेसनको निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले विद्यमान रहेको विद्युत् समस्या सामाधान गर्न, प्रसारण लाइनमा थप सुधार गर्न सरकारले काम गर्ने बताउनुभयो । उहाँले विधीका शासन अनुसार सुधारको काम गर्ने बताउनुभयो । उहाँले विधुतको हवको रुपमा इनरुवा रहेको चर्चा गर्नुुहदै सुनसरी मोरग औधोगिक करिडोरलाई आपुर्ती सहज, सुनसरी खोलाको बाढीबाट बचाउन प्रयास गर्ने र विधुत भारत निर्यात गर्न समेत सरकारले काम गर्ने बताउनुभयो ।
उहाँले सरकारी अधिकारी र आफ्नो राष्टिय स्वतन्त्र पार्टीका नेताकार्यकर्तासंग समेत भेटघाट गर्नुभएको थियो । भेटघाटको क्रममा दुहबीको विद्युतको अवस्था, टेंग्रा खोला तथा सिँचाइ सम्बन्धी समस्याको बारेमा दुहवीका सरोज सिंहले मन्त्रीलाई जानकारी गराउनुभएको थियो । यसैगरी पूर्वमा सिँचाइको पहुँच, नहरहरूको अवस्थाको बारेमा प्रतिनिधि सभा सदस्य इं दिपक साहले स्थलगत अवलोकनका क्रममा जानकारी गराउनुभएको थियो । सुनसरी खोलामा तटबन्ध देखी सुनसरी मोरगं सिचाई आयोजना र शाखा नहरहरुको समस्या राख्दै आवश्यक सुधारका लागि आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले सबै समस्या सामाधान क्रमश गर्दै जाने र त्यसका लागी रणनीति बनाइने र नितीगत सुधार गर्नुपर्ने भए त्यो समेत गरेर नागरिकलाई हित हुने गरि काम गर्ने बताउनुभयो । ऊर्जामन्त्री श्रेष्ठको टिममा मन्त्रालयका सचिव, सहसचिव, मन्त्रीका निजी सचिव, सचिवालय सदस्य लगायत रहेका छन् ।