https://www.facebook.com/share/v/19L3gk5chz

हिन्दू स्वयंसेवक संघ नेपाल इनरुवाले गुरु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष गर्दै आएको गुरु दक्षिणा समर्पण कार्यक्रम यसवर्ष पनि निन्तर गर्ने भएको छ । यो कार्यक्रम गुरु पूर्णिमादेखि एक महिनासम्म देशव्यापी रूपमा सञ्चालन हुने गरेकोमा भदौ ७ गते इनरुवा नगरपालिका ९ बबियामा गुरु दशिक्षणा कार्यक्रम गर्ने भएको जनाएको छ । यसमा स्वयंसेवकहरूले भगवा ध्वजलाई गुरु मानीି आर्थिक सहयोग तथा समर्पण व्यक्त गर्ने गरि कार्यक्रम राखेको छ । कार्यक्रमको मुख्य उद्देश्य स्वयंसेवकहरूमा आत्मविकास र सेवाभाव जगाउने, संघको कार्यलाई निरन्तरता दिन आर्थिक तथा नैतिक सहयोग जुटाउने, सांस्कृतिक र राष्ट्रिय मूल्य–मान्यताको जगेर्ना गर्ने रहेको जनाएको छ । संघका दिलिप चन साहले गुरु पूर्णिमाबाट सुरु भई एक महिनासम्म चल्ने, विभिन्न शाखा तथा नगरहरूमा भेला भई ध्वजलाई गुरु मानेर दक्षिणा अर्पण गर्ने र संगठनप्रतिको निष्ठा र अनुशासन बलियो बनाउने गरी गुरु दक्षिणा समर्पण कार्यक्रमको तयारी गरेको जानकारी दिनुभएको छ ।