प्रहरीसंग विधार्थी कार्यक्रममा प्रहरीकाे काम बारेमा जानकारी
जयकृष्ण यादव । इनरुवा
इनरुवा , पुस २२ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीसंग विधार्थी कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रहरीकाे काम कार्वाही र प्रवेशदेखी उजुउरी ,ङ जाहेरी, सामुदायिक शाखा , मुद्दा, साईबर, महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रशासन र थुनुवा कक्ष सहितकाे बारेमा जानकारी दिने उदेश्यका साथ प्रहरीसंग विधार्थी कार्यक्रम गरेको हो ।


प्रहरीले आयोजना गरेको कार्यक्रममा बालबालिकाहरुले सुर्तीजन्य पदार्थ र लागू ओषध न्युनिकरण भन्दा उत्पादन र विक्रिवितरणमा राेक लगाउनुपर्ने, विधालय क्षेत्रमा पुर्ण रुपमा विक्रिवितरण प्रतिबन्ध गर्नुपर्ने , शिक्षक र प्रहरी सहित समाजका अगुवाले नै सेवन गर्ने गरेकोले त्यसमा कडाइ गर्नुपर्ने सहितको सुझाव र जिज्ञासा प्रहरीलाई राखेका थिए ।

सहभागी बालबालिकाहरुले आफुहरु लागू पदार्थ दुर्वयसन नगर्ने प्रतिवद्धता जनाउँदै सुर्तीजन्य पदार्थ र लागू ओषध न्युनिकरण भन्दा उत्पादन र विक्रिवितरणमा राेक लगाउनुपर्नेमा जाेड दिएका थिए ।

सहभागीले प्रहरीले गरेको कार्यक्रममा विधार्थी र शिक्षकलाई समेत सहभागी गराएकोमा साकारात्क र प्रेरणादायी लागेको बताएका थिए । सहभागीले राखेको जिज्ञासामा लागू पदार्थ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotic (FAN) जिल्ला कार्य सम्पादन समितिका संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले जवाफ दिनुहुँदै सुझावलाई ग्रहण गरि सम्भव भएको कार्य गर्ने प्रतिवध्ता जनाउनुभयाे ।

उहाँले मानव जीवन एक पटक पाउने भएकोले आफुले आफैलाई माया गर्नुपर्ने र जिवनलाई सार्थक , स्वास्थ्य र सफल पार्न सचेतक हुन जरुरी रहेको बताउनुभयो । उहाले सबैभन्दा पहिला आफू सचेत र सक्षम हुनुपर्ने , त्यस पछि परिवार समुदाय हुदै देशको हितमा लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा Fight Against Narcotic (FAN) जिल्ला कार्य सम्पादन समितिका संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाको संयोजकत्वमा संरक्षक जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको प्रमुख आतिथ्यमा प्रहरीसंग विधार्थी कार्यक्रम गरेको जनाएको छ ।

FAN जिल्ला कार्यसम्पादन समितीका पदाधिकारीहरु सह संयोजक चन्द्र बराल, प्रमुख बरिस्ठ सल्लाहकार कृष्णप्रसाद दाहाल , सल्लाहकार जय कृष्ण यादव, सचिव सविना लिम्बू, राेमा रिजाल , विधालयका फोकल शिक्षकहरु, ईनरुवा नगरपालिका स्थित विभिन्न सरकारी विधालयमा गठित फ्यान क्लबका पदाधिकारीहरुको उपस्थितिमा प्रहरी सँग एक दिन कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रहरीले गर्ने काम तथा अनुशंधान सहित फ्यान गतिविधीहरुको बारेमा अन्तर्क्रियात्मक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएकाे थियो।संरक्षक शिक्षक द्राेणप्रसाद पौडेल, नितेश सुवेदी, नागेशवर मेहता सहित ६ विधालयका ७२ बढी बालबालिकाहरुकाे उपस्थिति रहेको थियो ।


