सुनसरीमा २१ दिनमा २५८ फरार प्रतिवादी पक्राउ

इनरुवा । विभिन्न अपराधमा संलग्न भएर अदालतले सजाय तोकेको लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउमा सुनसरी प्रहरीले ठूलो सफलता हात पारेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि फरार अपराधी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले २१ दिनको अवधिमा दुई सय ५८ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
