सुनसरीकाे इनरुवामा बुधबार जनता समाजवादी पार्टी नेपाल इनरुवा नगर कमिटीको जनतासंग जसपा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका नगर   अध्यक्ष गोपाल यादवको अध्यक्षतामा नगरको बृहत बैठक बसी जनतासंग जसपा कार्यक्रम गरेको छ ।
बैठकले पार्टीको जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान केन्द्रीय अभियान बमोजिम इनरुवा नगरपालिकाको वार्ड वार्डमा अभियानको समिति गठन गर्दा जनताहरू पार्टीप्रति उत्साहित रहेको निष्कर्ष निकालेको छ। अब पार्टीको दशैवटा वार्डमा टोलटोल समिति निर्माण गर्ने अभियान थालनी गर्ने निर्णय गरेकाेछ। इनरुवा नगरपालिकामा पार्टीको भातृ संगठनहरु महिला तथा युवा विद्यार्थी समितिहरू निर्माण गर्ने ,  मधेस जनविद्रोहका शहीद लहानका रमेश महतो, सुनसरीको ईनरुवामा ज्यानको आहुती  दिनु हुने वीर सहिदहरू श्यामसुन्दर मेहता र हरी मेहता लगायत सम्पूर्ण सहिदहरूको सम्झनामा माघ ५ गते इनरुवाको सत्यनारायण मन्दिरमा बलिदानी दिवस भव्यताको साथ आयोजना गर्ने निर्णय गरेकाे छ । बैठकमा नगर समिति सहित आमन्त्रितहरुकाे समेत उपस्थिति रहेको थियो ।