शिक्षक संघसंगठनको ध्यानाकर्षण
इनरुवा, पुस २५ गते । सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलाको नेपाल राष्ट्रिय हरि माध्यमिक विद्यालयमा कार्यरत्त निमावि गणित शिक्षक भोक्राहा नरसिंह ६ निवासी ३१ वर्षिय असोक मेहतामाथि पुस २४ गते विद्यालयमै कुटपीटको प्रयास भएको घटनाप्रति इनरुवाका विभिन्न शिक्षक संघसंगठनको ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न शिक्षक संघ संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारि गर्दै इनरुवा ७ चांदवेलामा रहेको नेरा हरि माविका सम्पूर्ण शिक्षकहरुबाट क्रियाशील घटक संस्थाहरूको नाउँमा प्राप्त निवेदन तथा शिक्षकहरुको प्रेस विज्ञप्तीको आधारमा ध्यानाकर्षण भएको जनाएको हो ।
पाँच संघसंगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा नेराहरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल सिंह खबासले कार्यालय समयमा विद्यलाय किन नआएको भन्दै शिक्षक असोक कुमार मेहतामाथि गालीगलौज सहित दुव्र्यवहार र कुटपीट प्रयास गर्नुभएको निन्दा गरेको छ । विज्ञाप्तीमा भनिएको छ, “ नेरा हरि मा विका वि.व्य.स.का अध्यक्ष निर्मल कुमार खवासद्वारा त्यसै विद्यालयमा कार्यरत शिक्षक अशोक कमार मेहता माथि भएको दुव्व्र्यवहार तथा हातपातको प्रयास साथै अरु शिक्षकहरुलाई पटक–पटक का कमार तनाव यातना तथा गालीगलौज जस्ता अपमानित शब्दहरुको प्रयोग भएको जानकारी भए वमोजिम यस इनस्वा नगर क्षेत्र भित्र क्रियाशील रहेका घटक संस्थाहरुका अध्यक्ष तथा अन्य पदाधिकारीहरूको गम्भीर ध्यानार्पण भएको छ । ”
उक्त विज्ञप्तीमा शिक्षक माथि त्यस्ता गतिविधिहरु अबिलम्ब रोक्न तथा पीडितहरुलाई न्याय पाउन साथै सही तथ्यहरुको छानवीन गरी समस्या समाधानको लागि अपिल र पठनपाठनको वातावरण निर्माण गर्न सम्बन्धीत निकाय तथा सरोकारवाला सबै पक्षहरुमा संयुक्त विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
नेपाल शिक्षक सघ इनरुवा अध्यक्ष रामलखन मेहता, नेपाल राष्टिय शिक्षक संगठन इनरुवाका सचिब राकेश कुमार चौधरी, सघीय शिक्षक फोरमका अध्यक्ष प्रकाश कायस्थ, इन्टो अध्यक्ष देवकृष्ण यादव र एकिकृत शिक्षक संगठनका रामसागर मेहता सहितले संयुक्ती विज्ञप्ती मार्फत अविलम्ब यो समस्याको समाधान नभएमा पेशागत संस्थाहरु आन्दोलित हुन वाध्य हुने चेतावनी समेत दिनुभएको छ । यसबाट हुने दुर्घटनाको क्षतिपुर्तिको जिम्मेवारी सम्बन्धित पक्ष नै हुने समेत विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा शिक्षक संघका जिल्ला अध्यक्ष बेणु प्रसाद सिग्देल र शिक्षक फोरमका अध्यक्ष सुमन मेहताले समेत हस्ताक्षरण गर्नुभएको छ । शिक्षक मेहताले आफूलाई विद्यालयमा नियमित काम गर्दा समेत मानसिक तनाव दिने र बुधबार पाँच मिटेट ढिलो हुदाँ विव्यस अध्यक्ष इनरुवा नगरपालिका ७ चान्दबेला निवासी ४० वर्षिय दबासले आक्रमण र कुटपीटको प्रयास गर्नुभएको दावी गर्दै न्यायका लागि अपिल गर्नुभएको थियो । मेहताके पक्षमा विधालयका सबै शिक्षकहरुले एक्यवद्धता जनाउदै घटनाको विरोध गर्नुभएको छ । यता घटनाका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल सिंह खबासले विद्यालयको अनुशासन नमान्ने र समयको पालन नगर्ने शिक्षक मेहतालाई सचेत मात्रै गराएको प्रतिकृया हिनुहुदै कुनै कुटपीट र दुव्र्यवहार नगरेको दावी गर्नुभयो ।

१, विभिन्न शिक्षक संघसंगठन तथा फोरमको विज्ञप्ती ।
