इनरूवा नगरपालिकाको १४ ओैं अधिवेशन तथा नगर सभा सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २८ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरूवा नगरपालिकाको १४ ओैं अधिवेशन तथा नगर सभा आईतबार सम्पन्न भएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गरेका काम कार्वाहीको समिक्षा सहित बजेट, नीति तथा कार्यक्रममा फेरबदल, संसोधन र सुधारका नगरपालिकाको १४ ओैं अधिवेशन तथा नगर सभा गरेको हो । इनरूवा नगरपालिका नगर सभाको १४ औं अधिवेशनमा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले नगर सभाको १३ औं अधिवेशनबाट स्विकृत बजेट, नीति तथा कार्यक्रमको सम्पन्न कार्य ग्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै आय ४५ प्रतिशत र व्यय २७ दशमलव ९२ प्रतिसत गरेको जानकारी दिनुभयो ।





सभा दिएको जानकारी अनुसार यो वर्ष ६ वटा कानुनहरु स्विकृत गरेको छ । श्र्रोत पुनः प्राप्ती केन्द्रबाट निस्कने सामग्री विक्रि सम्मन्धी कार्यविधि २०८१, संघ,संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि २०८१, इनरुवा नगरपालिकाको कार्य सञ्चादन निर्देशिका , आर्थिक सहायता सम्बन्धी कार्यविधि, इनरुवा नगरपालिकाको छात्रवृति वितरण सम्बन्धी कार्यविधि र सहकारी नियमावली २०८१ सहित ६ वटा कानुनहरु स्विकृत गरेको छ ।
सभामा हालसम्म २६ वटा योजना ठेक्का सम्झौता भएको र केही काम सम्पन्न भएको समेत जानकारी दिएको थियो । नगर प्रमुख केदार भण्डारीको अध्यक्षतामा भएको सभामा उपप्रमुख विनिताकुमारी मेहता, वडा अध्यक्षहरु र सदस्यहरुले बोल्नुभएको थियो । सम्पन्न भएको उद्घाटन सत्रमा कार्यापालिका सदस्यहरु तथा वडा अध्यक्षहरुले विकासमा ध्यान दिनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा चासो देखाउनुपर्ने, इनरुवा कौवाखोचको बबिया जस्पापुर सडक खण्डमा तत्काल काम गर्नुपर्ने, पुजीगत खर्च बनाउन तर्फ ध्यान दिनुपर्ने, चान्दबेलाको सडक विस्तार र कालोपत्रेमा ध्यान दिनुपर्ने, करमा सुधार गर्नुपर्ने, विकासका गतिविधिहरु पारदर्शी हुनुपर्ने सुझाव राखेका छन् ।
यस पटक कार्यालय भन्दा बाहिर अर्थात इनरूवा नगरपालिका ८ डुम्राहाको श्रोत पुनः प्राप्ति केन्द्र (आम बुझाइमा–डम्पिङ साइड) नगर सभा गरेर फोहरलाई मोहरको रुपमा संकलन र व्यवस्थान गर्दै आएको सन्देश दिएको छ । १४ ओैं अधिवेशन आयोजनाले डम्पिङ साईड प्रतिको आम बुझाई प्रस्ट्याउने, ओैचित्य र यथार्थता दर्शाउने र उपलब्धिलाई उजागर गर्ने काम समेत नगरपालिकाले गरेको सूचना अधिकारी निरज पोखरेलले जानकारी दिनुभयो ।
सभामा वडा अध्यक्षहरु प्रमोद पोखरेल, रमेश कुमार श्रेष्ठ, बौवालाल मेहता, अनिल कुमार पोखरेल, सुमन थापा, हिकमत सिंह खबास, बसिरमुद्धिन मंसुरी, खलिल मियाँ सहितले आफ्नो सुझाव तथा योजनाहरुलाई थप प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।





इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेलले नगरपालिका अझै पारदर्शि भएर काम गर्नुपर्ने र विकासमा समानुपातिक तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । इनरुवा ३ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले सन्तोशजनक काम भएको र फोहोर व्यवस्थापनमा नगर सफल सार्थकता पाउन लानेको बताउनुभयो । इनरुवा ४ का वडा अध्यक्ष बौवालाल मेहताले आफ्नो वडामा पर्यटनका लागि काम गर्नुपर्ने, खोला नियन्त्रणमा ध्यान दिनुपर्ने र सुनसरी खोला सहितको सांगुरो भएको खोलाहरुलाई व्यवस्थित बनाई काम अगाडि बनाउनुपर्ने र संघीय सरकारबाट आएको विकासलाई छिटो सञ्चान गर्नुपर्नेमा जोड दिनुभयो । इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेलले प्रभावकारी काम गरेकोमा धन्यवाद दिनुभयो ।







इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले आफ्नो वडामा बबिया जल्पापुरसम्मको बाटो निर्माण र कालोपत्रे बनाउन जरुरी रहेको बताउनुभयो । बबिया जल्पापुरसम्मको बाटो समयमा निर्माण र कालोपत्रे नहुदाँ प्रदुषण तथा धुलोले आवतजावतमा समस्या भएको र घरमा बसेकाहरुले समेत फोहोर धुलोधुवाको श्वाश लिनुपरेको बनाउनुभयो । उहाँले स्थानीय सरकारको प्रमुखको हिसावले मेयरले पहल गर्नुपर्ने, सवारीहरु उपकरणहरु दुरुष्त अवस्थामा राख्नुपर्ने, निर्माण सम्पन्न नभएसम्म दैनिक आवतजावत गर्न ग्रेडर र रोलर लगाई पानी छर्ने काम गर्न जरुरी रहेको बताउनुभयो । वडालाई समेत विकासका लागि ध्यान दिनुपर्ने सुझाव राख्नुभएको छ ।
इनरुवा १० का वडा अध्यक्ष खलिल मियाँले पनि आफ्नो वडाका नागरिकहरु दैनिक धुलो खाएर अस्वस्थ्य भएर बाच्नुपरेकोले इनरुवा कौवाखोच सडकको बबिया जल्पापुरको खण्डमा बाटो तत्काल कालोपत्रे गर्न जरुरी रहेको बताउनुभयो । उहाँले इनरुवामा बबिया जल्पापुर पर्छ भने विकास र फोहोर संकलन, पानी छर्ने सहितको काममा विभेद किन ? भनेर प्रश्न गर्नुभयो ।
सबै सवालहरु टिपोट गरेको र जवाफ तथा निणर्य पारित भोली गर्ने गरि सभा भोलीसम्मका लागि स्थिगित गरेको जनाएको छ ।




१, इनरूवा नगरपालिका नगर सभाको १४ औं अधिवेशनमा प्रमुख केदार भण्डारी सहित प्रगती विवरण सार्वजनिक गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
