विधार्थीलाई जुत्ता र जेष्ठ नागरिकलाई कम्बल वितरण
इनरुवा, पुस २९ गते । सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेलामा स्कूले विधार्थीलाई जुता र जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । सामाजिक अभियन्ता रिजय रजकले नेपाल राष्ट्रिय हरि माध्यमिक विद्यालय चान्दबेला इनरुवा ७ का दुई सयजना विधार्थी बालबालिकाहरुलाई जुत्ता र ३५ जना जेष्ठ नागरिकलाई कम्बल बितरण गर्नुभएको हो । रजकले सोमबार इनरुवा–७ का वडा अध्यक्ष हिक्मत सिंह खवासको प्रमुख आतिथ्यतामा सहयोगी समूह नेपाल सनसरीको आयोजनामा बालबालिकाहरुलाई जुत्ता र जना जेष्ठ नागरिकलाई कम्बल समेत बितरण गर्नुभएको हो । टिकटकबाट कमाएको रकमले बालबालिकाहरुलाई जुत्ता र ३५ जना जेष्ठ नागरिकलाई कम्बल बितरण गरेको सहयोगी समूह नेपालका अध्यक्ष सामाजिक अभियान्ता रिजय रजकले जानकारी दिनुभयो ।
१, सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेलामा स्कूले विधार्थीलाई जुता र जेष्ठ नागरिकलाई कम्बल वितरण गर्दै ।
