अध्यक्ष कपमा जनता मावि प्रथम
इनरुवा, माघ १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको विभिन्न खेलमा उत्कृत हुदै जनता मावि नरसिंह प्रथम भएको छ । त्यसैगरी दोस्रो जामिया इस्लालिमा र शारदा मावि ढोक तथा तितृय जनता मावि शिवगञ्ज भएको छ । खेलकुद समितिका अध्यक्ष तथा शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगिताका विजेताहरुलाई सिल्ड र प्रमाण पत्र प्रदान गरेको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विद्यार्थीहरूबीच भलिबल, कबड्डी, स्लो साइकल रेस, हाईजम्प, लङजम्प, म्युजिक चेयर, चम्चा दौड र २०० मिटर देखी १५०० मिटरसम्मको विभिन्न दुरीका दौड प्रतियोगिताहरू समावेश गरिएको थियो । कबड्डी खेलमा जनता माध्यमिक विद्यालय नरसिंहले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ भने भलिबल खेलमा जामिया इस्लामीया विजयी बनेको छ ।

त्यसैगरी शारदा मावि र जनता मावि शिवगञ्जले समेत विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेकाले विजेता टोलीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै प्रमुख अथिति आजादले खेलाडीहरूको प्रशंसा गर्नुभयो । उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । आजादले शारदा माध्यमिक विद्यालयको खेल मैदानमा घेराबेरा गर्न वडाध्यक्ष लक्ष्मण मेहतालाई जग्गा छुट्याउन ध्यानाकर्षण गराउँदै गाउँपालिकाले खेलकुदको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समापन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारून अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, वडा नम्बर ८ का वडाध्यक्ष उस्मान अंसारी (भोला हाजी), र नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

खेलकुद समितिका अध्यक्ष रमेशचन्द्र तिम्सिनाले खेलकुदले अनुशासन, सहकार्य, र विधार्थीको स्वस्थ जीवनशैलीको विकासमा सहयोग पु¥याउने बताउनुभयो । आयोजकका अनुसार प्रतियोगिताले भोक्राहा नरसिंह क्षेत्रका विद्यार्थीहरूको प्रतिभा उजागर र नयाँ खेलाडीहरूको पहिचानमा सहयोग पुगेको छ ।


१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधी चुमेको जनता मावि नरसिंहलाई प्रथम। सिल्ड प्रदान गर्दै
तस्विर ः जयकृष्ण यादव । इनरुवा
