इनरुवामा मनाईयो १० औं राष्टिय योग दिवश
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १ गते । सुनसरीको इनरुवामा १० औं राष्ट्रिय योग दिवश मनाइएको छ । योग, ध्यान र र्र्याली सहित पतञ्जली योग पीठ नेपाल इनरुवाले सदरमुकाममा १० औं राष्ट्रिय योग दिवश मनाइएको हो । स्वस्थ समाज ,समृद्धि नेपाल र विश्व शान्तिका लागि योग भन्ने मूल नाराका साथ मंगलबार दशौं राष्ट्रिय योग दिवस मनाइएको हो । पतञ्जली योग इनरुवा नगर समितिका अध्यक्ष कैलाश रायको अध्यक्षता तथा जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष राजन मेहताको प्रमुख आथित्यतामा दिवश मनाइएको हो । मेहताले दशौँ राष्ट्रिय योग दिवसले सबैलाई योगको माध्यमबाट निरोग रहन आग्रह गर्नुभयो । कार्यक्रममा उधोग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार शाह, करुणा समाजका अध्यक्ष माधव प्रसाद आचार्य,पतञ्जली योग समिति कोशी प्रदेश सदस्य गुरु देवनारायण शाह, सुनसरी महामन्त्री मिश्रिलाल मेहता, सुनसरी जिल्ला महिला पतञ्जली योग समितिका सुमित्रा मेहता,निर्मला मेहता, मञ्जु सोनी, पतञ्जली योग इनरुवा नगर समितिका पदाधिकारी तथा योग साधकसाधिकाहरुमो उपस्थिती रहेको थियो । इनरुवामा कपाल भाती, जिवन साथी, गरौं योग, रहौं निरोग , योग जिवन खुसी जिवन सहितको नारा लेखिएको प्लेकार्ड र व्यानर सहित नगर परिक्रममा गरेको थियो । साझमा दिपावली कार्यक्रम समेत गरेको जनाएको छ । उता कोशी गाउँपालिकामा समेत भव्य रुपमा दिवश मनाइएको जनाएको छ ।
योग गर्दै अथिति तथा सरोकारबालाहरु



१, सुनसरीको इनरुवा नगरपालिकामा योग दिवशमा निकालिएको र्याली ।
