हार्डवेयर व्यवसायीहरू सिमेन्टको मूल्य वृद्धिको विरोधमा आन्दोलित,माघ ३ गते सिमेन्ट ढुवानी गर्ने ट्रकहरुलाई रोक्ने चेतावनी

जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २ गते । सुनसरीका हार्डवेयर व्यवसायीहरू सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्य बढाएको विरोधमा आन्दोलित बनेका छन् । सुनसरीको इनरुवा, इटहरी, हरिनगर, कोशी र भोक्राहा नरसिंह सहितका हार्डवेयर व्यवसायीहरूले उद्योगले मागअनुसार सिमेन्ट बिक्री नगरी बजारमा सिन्डिकेट लाद्ने काम गरेको र अचाकली अत्याधिक मूल्य बढाएको भन्दै सिमेन्ट विक्रि बन्द गर्दै आन्दोलित बनेका हुन् । यहाँका व्यवसायीहरूले आफ्नो पसल बन्द गरेर सुरु गरेको आन्दोलनका कार्यक्रम अन्तरगत बुधबार जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालष् मार्फत सरकारको ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाएका छन् । एक हप्ताअघिदेखी आन्दोलनमा रहेका हार्डवेयर व्यवसायीहरूले सिन्डिकेट अन्त्य गर्नुपर्ने, बढाएको मूल्य फिर्ता लिनुपर्ने सहितको माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै व्यवसायीहरुले आफ्नो बिरोध कार्यक्रमको बारेमा जानकारी गराउदै बढाएको मूल्य फिर्ता लिन सहजिकरणको माग राखेका हुन् ।
ज्ञापन पत्रमा भनिएको छ , “नेपालमा रहेको सिमेन्ट उद्योगहरुले केहि हप्ता अघिमात्र रहेको सिमेन्टको मूल्य रु ३७५ र ४६५ लाई वृद्धी गरि मूल्य ६४० र ७३५ पुप्याएको छ, जुन विगतमा भएको सिमेन्ट मूल्य भन्दा ७० प्रतिशतले वढी भएको छ । ढुवानी कच्चा पदार्थ बैंक व्याजको मूल्य स्थिर रहेको अवस्थामा समेत, हाडर्वयर व्यवसायी, निमार्ण व्यवसायी साथै उपभोक्ताहरुलाई जानकारी नगराई सिन्डीकेट खडा गरी कोटा प्रणाली लागु गरी कृतिम अभाव सिंजना गरी कालोबजारी गर्ने नियत राखि अत्यधिक मूल्य वृढी गराएका छन । ” यस्तो मूल्य वृद्धिले न त व्यवसायीलाई न त सर्वसाधारण उपभोक्तालाई राहत दिन्छ, बरु निमार्ण व्यवसायीमा देखिएको आर्थिक संकटलाई अझै गहिरो बनाने भएकाले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । निर्माण कार्यका लागि अत्यावश्यक सामग्रीमा यसरी अनियन्त्रित मूल्य वृद्धी गरी आम उपभोक्ताको जीवनयापनमा थप भार परेको र निर्माण तथा हाडर्वयर व्यवसायलाई संकटमा पुर्याउने भएकाले मुल्य वृद्धि फिर्ता हुनुवर्ने माग गरेको छ । राष्ट्रिय विकासका योजनाहरूमा प्रत्यक्ष अवरोध पुर्याएकोले पुस २९ गते जिल्ला भरीका हाडर्वयर व्यवसायिहरुको भेलाले गरेको निणर्य अनुसार ज्ञापन पत्र बुझाएको युवा व्यवसायी फैजान अंसारीले जानकारी दिनुभयो । उहाँले बिरोधका कार्यक्रम अन्तरगत ज्ञापन पत्र बुझाएको र माघ ३ गते सुनसरीको कोशी कटानको धर्म काटसम्म भेला भई सिमेन्ट ढुवानी गर्ने ट्रकहरुलाई रोक्ने, साँझा मात्रै छाड्ने माघ ४ गतेदेखी सिमेन्ट ढुवानी गर्ने ट्रकहरुलाई आफूहरुको माग सम्बोधन नभएसम्मका लागि रोकेर राख्ने, ढुवानी पूर्ण रुपमा ठप्प पर्ने जिल्ला हार्डवयर व्यवसायीका संयोजक माधव पाठकले जानकारी दिनुभयो

१, सुनसरीका हार्डवेयर व्यवसायीहरूले सिमेन्टको मूल्य बढाएको विरोधमा आन्दोलित भएको बेला प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ।
आफूहरुको आन्दोलन रहन नभई बाध्यता भएको समेत पाठकले बताउनुभयो । उता सकडमा डुवानी गर्ने सिमेन्ट रोक्ने र समेन्ट ढुवानी गरि आएका ट्रकहरुलाई समस्याको समाधान नहुन्जेल सम्म अनिश्चित कालको लागी रोक्ने विरोधको कार्यक्रमका बारेमा प्रशासन सहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनालाई समेत जानकारी गराउदै ज्ञापन बुझाएको जनाएको छ । व्यवसायीहरुका अनुसार आइतबारको इटहरी उद्योग वाणिज्य संघमा भेला भएका सुनसरी जिल्लाभरीका हाडवंयर व्यवसायिहरुको भेलाबाट सिमेन्टको मूल्यमा भएको हालको वृद्धीलाई तुरुन्त फिर्ता गर्नुपर्ने, निर्माण सामग्रीको मूल्य निर्धारणमा पारदर्शिता कायम गर्दै अनावश्यक मूल्य वृढी रोक्न सरकारले तत्काल कदम चाल्नुपर्ने, निर्माण सामग्रीहरूको मूल्य वृद्धीका विषयमा सबै सरोकारवालाहरुको सहभागितामा छलफल गरी उचित र न्यायपूर्ण निर्णय गरी पुरानो मूल्य कायम गर्नुपर्ने सहितका मागहरु तत्काल सम्बोधन गर्न जिल्ला हाडवयर व्यवसायी संघले सबै सरोकारवालाहरूसँग चरणबद्ध रूपमा कडा आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही आधारमा ज्ञापन पत्र बुझाएको जनाएको छ । आन्दोलन सङ्घर्ष समितिमा सुनसरीका दुई सय बढी व्यवसायीहरू आबद्ध रहेको पाठकले बताउनुभयो ।
व्यवसायी फैजान अंसारीले भन्नुभयो, ‘इन्धन, डिजेल, कोइला र अरू कच्चा पदार्थको भाउ बढेको छैन, ती वस्तुको अभाव पनि छैन, विद्युतको पनि त्यतिधेरै समस्या छैन अनि स्वदेशी खानीबाट उत्पादित क्लिङकरबाट बनाउने सिमेन्टमा के कुराले यतिधेरै मूल्यान्तर हुन्छ ? यसको विरोधमा आम जनताले बोल्नुपर्छ, हामीले उद्योगसँग सिमेन्ट किन्दैनौँ भनेर बोल्न थालेका छौँ ।’ खुद्रामा बजारमा ६०० सम्ममा पाइने सिमेन्ट अहिले ८५० रुपियाँमा बिक्री भइरहेको छ ।
