हार्डवेयर व्यवसायीहरूले सिमेन्ट बोकेको गाडी सडकमै रोके
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ३ गते । सुनसरीका हार्डवेयर व्यवसायीहरूले थालेको आन्दोलनको क्रममा विहीबार सिमेन्ट बोकेको गाडी आवगानमा रोक लाएको छ । व्यवसायीहरुले सुनसरीको कोशी गाउँपालिका स्थित कोशी कटानमा बिरोधका कार्यक्रम अन्तरगत सिमेन्ट ढुवानी गर्ने ट्रकहरुलाई रोक्ने काम गरेको हो । दिनभर नियन्त्रणमा राखेर साँझा मात्रै छाड्ने जिल्ला हार्डवयर व्यवसायी संघका संयोजक माधव पाठकले जानकारी दिनुभयो । विहानैदेखी ४० बढी गाडी रोखेर राखेको पाठकले बताउनुभयो । उहाँले यती गर्दा समेत माग सुनुवाई नभएको खण्डमा माघ ४ गते शुक्रबारदेखी सिमेन्ट ढुवानी गर्ने ट्रकहरुलाई आफूहरुको माग सम्बोधन नभएसम्मका लागि रोकेर राख्ने, ढुवानी पूर्ण रुपमा ठप्प पर्ने पाठकले जानकारी दिनुभयो । उहाँले आन्दोलन रहन नभई बाध्यता भएकाले सबै सरोकारबालाहरुलाई यसमा सहजिकरणका लागि समेत आग्रह गर्नुभयो । सुनसरी जिल्लाभरीका हाडवंयर व्यवसायिहरुको भेलाबाट सिमेन्टको मूल्यमा भएको हालको वृद्धीलाई तुरुन्त फिर्ता गर्नुपर्ने, निर्माण सामग्रीको मूल्य निर्धारणमा पारदर्शिता कायम गर्दै अनावश्यक मूल्य वृढी रोक्न सरकारले तत्काल कदम चाल्नुपर्ने, निर्माण सामग्रीहरूको मूल्य वृद्धीका विषयमा सबै सरोकारवालाहरुको सहभागितामा छलफल गरी उचित र न्यायपूर्ण निर्णय गरी पुरानो मूल्य कायम गर्नुपर्ने सहितका मागहरु तत्काल सम्बोधन गर्न जिल्ला हाडवयर व्यवसायी संघले सबै सरोकारवालाहरूसँग चरणबद्ध रूपमा कडा आन्दोलन गर्ने निर्णय गरेको थियो ।


१, सुनसरीका हार्डवेयर व्यवसायीहरूले सिमेन्टको मूल्य बढाएको विरोधमा आन्दोलित भएको बेला विहीबार सडकमा सिमेन्ट बोकेको गाडी रोकेको अवस्था ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
