खेलकुद विधेयक ल्याउने तयारी ः राई
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ३ गते । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ।
विहीबार सुनसरीको इनरुवामा स्व. शान्ति गुरुङ्ग भण्डारीको स्मृतिमा कोशी प्रदेश स्तरीय सिनियर पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुदै मन्त्री राईले प्रदेशमा खेलकुदको संरक्षण, व्यवस्थापन र खेलमै युवाको भविश्यलाई जोड्न खेलकुद विधेयक ल्याउन लागेको बताउनुभएको हो ।

उहाँले उद्घाटन कार्यक्रममा क्रिकेटको एपीएलको चर्चा गर्नुहुदै देशभर नै क्रिकेटको क्रेज बढेको बताउनुभयो । उहाँले शहर र तराई मधेसमा मात्रै नभई हिमाल, पाहडसम्म पनि क्रिकेटको क्रेज देखिएकाले खेलाडीहरुलाई खेल खेलेर बाच्न सक्ने आधार बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा खेल खेलेर पनि बाच्न सक्ने आधार बनाउन कोशी प्रदेश सरकार लागीपरेको बताउनुभयो ।





उहाँले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल प्रतिभालाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । उहाँले फरक प्रंसरमा आफ्नो मन्त्रालयले ४४ विधा हेर्नुपर्ने भएकाले खुलकुदमा थोरै बजेट परेको बताउनुभयो ।
मन्त्रालयमाले पाएको बजेटलाई अधिक्ताम सदुपयोग गर्ने समेत बताउनुभयो । सामाजिक विकास मन्त्रालयले सबै खेलकुदलाई आवश्यकता अनुसारको सहयोग गर्न खेलकुद संघ, संगठन र संस्थाहरुको सुचिकृत गर्ने काम थालेको बताउनुभयो । क्रिकेटलाई कोशी प्रदेशको पहिचान स्थापित गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । राईले उद्घाटन गरेसगैं सुनसरीको इनरुवा नगरपालिकामा कोशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।







उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रामप्रसाद मेहता, हाजी इसराईल मंसुरी, मिरा आचार्य, पूर्व नगर प्रमुख खेमराज पोखरेल, एमालेका नेता पोष्टकुमार नेपाल सहितको उपस्थिती रहेको आयोजक नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । विहीबारदेखि माघ ६ गतेसम्म सञ्चालन हुने कोशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा सुनसरी जिल्ला क्रिकेट संघ, मोरङ्ग जिल्ला क्रिकेट संघ, झापा जिल्ला क्रिकेट संघ,उदयपुर जिल्ला क्रिकेट संघ, इलाम जिल्ला क्रिकेट संघ र नेकोस इनरुवा–११ (आयोजक) सहित ६ टिम सहभागी रहेको छ । प्रतियोगिताको ढाँचाः टि–२० सहभागी खेलाईने छ । नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी, सुनसरीले आयोजना गरेको प्रतियोगितामा उपाधी जित्ने टिमलाई नगद रु. ५०,०००÷– साथै शिल्डकप, मेडल तथा प्रमाण–पत्र र द्वितीय पुरस्कार नगद रु. २५,०००÷– शिल्डकप, मेडल तथा प्रमाण–पत्र प्रदान गर्ने जनाएको छ ।

१, विहीबार सुनसरीको इनरुवामा स्व. शान्ति गुरुङ्ग भण्डारीको स्मृतिमा कोशी प्रदेश स्तरीय सिनियर पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुदै सामाजिक विकास मन्त्री पाँचकर्ण राई सहित अथितिहरु र सरोकारबालाहरु ।
