सुनसरीकाे इनरुवामा जारी स्व. शान्ती गुरुङ स्मृती कोशी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको
पहिलो खेलमा उदयपुर र दाेस्राेमा झापा वियजी भएको छ। टस  जितेर ब्याटिङ उदयपुरले १९.४ ओभरमा ९८ रन बनाएर विजयी भएको छ ।

उदयपुरका लागि प्रकाश सुवेदीले सार्बधिक २२ रन बनाएका थिए । इलामका लागि हेमन राई र गौरब अधिकारिले समान २/ २ विकेट लिएका थिए। उक्त खेलमा  इलामले लक्ष्य १३.२ ओभर  मा पुरा गरेको थियो। २८ रन १ विकेट लिएका इलामका  लभ कामत म्यान अफ द म्याच भएका थिए ।
दोस्रो खेलमा आयोजक नेकोस इनरुवा र झापा बिच भएको खेलमा नेकोस इनरुवालाई हराउदै झापा प्रतियोगिताको फाइनल प्रबेश गरेको छ।टस जितेर झापाले ब्याटिङ रोजेको थियो।


निर्धरित २० ओभर खेलमा झापाले १३४ रन जोड्न सफल भएको थियो। बलियो मानिएको टोलि झापालाई मध्यम स्कोरमा रोक्न नेकोस इनरुवा को तर्फबाट  बिक्रम मन्डलले ३  र निशान महतले १ बिकेट लिएका थिए।
१३५ रन को बिजयी लक्ष्य पछ्याएको नेकोस इनरुवा ६४ रनमा समेटिएको थियो। नेकोस इनरुवालाई सस्तैमा समेट्न झापाको तर्फबाट आयुस नेउपाने ले ३ सुमिरन राई ले ३ बिकेट लियेका थिये।खेल को म्यान अफ द म्याच झापा का ३ बिकेट नट आउट ८ रन बनाएका आयुस न्याैउपाने घोषित भएकाे आयोजक नेपाल खेलकुद महासंघ इनरुवाका अध्यक्ष सराेज बस्नेतले जानकारी दिनुभयो ।