जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ५ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३६ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम सुनसरी बहुमुखी क्याम्पसमा शनिबार सम्पन्न भएको हो ।


कार्यक्रममा साहित्यकार युवराज दाहाल, राधा सुवेदी, द्धारिका पोखरेल, जेनिश देव, भैरव सापकोटा, रमेन्द्र कोईराला, सक्षम यादव, विष्णु दाहाल, जिवनाथ पोखरेल, पत्रकार जयकृष्ण यादव, इटहरीका टीका मिलन, टंक भेटवाल, जेनिस खत्री, नेवी खत्री, साहित्यकार तथा सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।
त्यसैगरी संजिव कटुवाल, राहुल साह सहितले रचना वाचन गर्नुभएको थियो । गीत, गजल, कविता र लघुनाटकसहित ३६ औं शृङ्खलामा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका र विराटनगरका साहित्यकार तथा कालाकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा कालाकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी सरोकारवालाहरुको सहभागिता थियो ।