सुनसरीमा हिसान स्पोट्स मिटको तयारी

जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ६ गते । सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयहरुको छाता संगठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोट्स मिटको तयारी अन्तिम चरणमा पुगेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, हिसान सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरि विद्यार्थीहरुको बौद्धिक विकासका साथसाथै शारीरक, नैतिक र सामाजिक विकासमा सहयोग पुरÞ्याउने उद्देश्यले हिसान स्पोट्र्स मिट को तयारी गरेको जनाएको छ । सुनसरीव्यापी वृहत्त खेलकुद सप्ताह सञ्चालन गर्दै आइरहेको हिसानले माघ १३ गतेबाट ११ औं हिसान स्पोर्टस् मिट गर्ने तयारी गरेको हिसानका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हिसान स्पोट्र्स मिटमा ३० बढी विद्यालय तथा उच्च शिक्षालयहरुको सहभागिता रहने भट्टराईले जानकारी दिनुभयो । विद्यालय स्तरीय खेलकुदका १४ विधा र ४२ खेल तथा कलेजस्तरीय १३ विधाका ३३ खेल हुनेछन् । सबै खेलका विजेता खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै समग्रमा विजेता शिक्षालयलाई च्याम्पियन ट्रफि र प्रमाणपत्र प्रदान गरिने जनाएको छ । रन, फुटवल र नृत्य प्रतियोगितामा भने नगद पुरस्कार समेत रहेको जानकारी दिनुभयो । हिसान स्पोट्र्स मिटबाट ४४ रनका रुपमा विकास गर्दै सञ्चालन गरिने छ । प्रथम र द्वितीय हिसान रनमा हिसान सुनसरीका सदस्य शिक्षालयका विद्यार्थीहरुको मात्र सहभागिता सुनिश्चित गरिएकोमा यस वर्षबाट सबैलाई खुल्ला गरिएको छ । फुटबलको व्यवसायिक विकासमा थप टेवा पुरÞ्याउने उद्देश्यले गतवर्ष १० औं हिसान स्पोटर्स मिटदेखि हिसान सुनसरी र एन्फा सनुसरीको संयुक्त आयोजनामा प्रथम हिसान एन्फा सुनसरी रनिङ कप’ संचालन गरिएकोमा यसपाली फिफा र एन्फाको राष्ट्रिय मापदण्ड अनुसार खेल सञ्चालन गर्ने भएको छ । विजेता र उपविजेताहरुलाई क्रमसः ३० हजार र १५ हजार रुपियाँ नगद पुरस्कार, विजेतालाई रनिङ ट्रफि, उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

१, सुनसरीको इटहरीमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, हिसान सुनसरीको पत्रकार सम्मेलनमा हिसानका पदाधिकारीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा