बालमैत्री नगर बनाउन वडावडामा बाल सञ्जाल

देवराज यादव । इनरुवा
इनरुवा, माघ ६ गते । सुनसरीको इनरुवा नगरपालिकाले आफ्नो नगरलाई २०८३ सम्मा बालमैत्री नगर बनाउने उदेश्यले वडा वडामा वडास्तरीय बाल संजाल गठन अभियान थालेको छ । नगरको वडास्तरको विद्यालय, गाउँ टोलमा गठन भएको बाल क्लवहरुको भेलाले वडा बाल सञ्जाल गठन गरेको हो ।
सञ्जालका लागि आईतबार इनरुवा नगरपालिका ९ नम्बर वडामा वडा स्तरीय बाल भेला गरि हिमानी यादवको अध्यक्षतामा ११ सदस्यीय वडा बाल सञ्जाल गठन गरिएको छ । इनरुवा नगरपालिका ९ नम्बर वडा बाल सञ्जालको उपाध्यक्षमा किरण शर्मा ,सचिवमा हेमन्त कुमार यादव, सहसचिवमा शिशिर चौधरी र कोषाध्यक्षमा
मनिषा कुश्वाहा चयन हुनुभएको छ ।











त्यसैगरी सञ्जाल सदस्यहरुमा साईशा खातुन, रोशनी यादव, लक्ष्मी शर्मा, प्रियंका शर्मा, पूर्णिमा सरदार र विशाल ऋषिदेव चयन हुनुभएको छ । निर्वाचित बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई इनरुवा नगरपालिका ९ नम्बर वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले बधाई सहित बाल सञ्जालको सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले बाल सञ्जालमा चयन भएर मात्रै नभई बालबालिकहरुको हकहितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाल सञ्जाललाई आफूहरुले सहयोग गर्ने नगरको बालमैत्री नगर घोषणा गर्ने लक्ष्य पुरा गर्न प्रतिवद्ध रहेको बताउनुभयो । इनरुवा ९ वडा बाल सञ्जाल गठन तथा भेलामा महिला बालकालिका तथथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दाहाल पोखरेल, सरस्वती ढुंगाना, सामाजिक अभियन्ता जयकृष्ण यादव, संरक्षक शिक्षक रमानन्द मण्डल, देवकृष्ण यादव र रेनुका चौधरी तथा प्रहरी चौकीका इन्जार्च मदन बहादुर बस्नेत, पत्रकार देवराज यादव सहितको उपस्थिती रहेको थियो । इनरुवा नगरपालिका ९ नम्बर वडामा ३ वटा बाल क्लवहरुमा ४० बढी बालबाकिलाहरु आवद्ध रहेकोमा वडा सञ्जालमा ११ सदस्य चयन भएको वडा सचिव मुना बरालले जानकारी दिनुभयो ।





१, बाल सञ्जालमा आवद्ध भएकाहरु सामुहिक तस्विर खिचाउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा