जिल्ला प्रहरी कार्यालय सुनसरीमा लागु औषध दुर्व्यसन विरुद्धको अभियानलाई सार्थक र सफल पार्ने गरि बैठक सम्पन्न भएको छ ।

लागु औषध दुर्व्यसन विरुद्धको अभियान फ्यान जिल्ला कार्य सम्पादन समितिका संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाको संयोजकत्व तथा  जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख तथा फ्यानका संरक्षक प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको प्रमुख आतिथ्यमा  बैठक सम्पन्न भएको हो ।

जिल्ला कार्यसम्पादन समितिका पदाधिकारीहरु, सल्लाहाकारहरुको उपस्थितीमा विभिन्न  प्रस्तावहरु माथी छलफल गरी निर्णय गरिएकाे जनाएको छ । फ्यान कार्ययोजना र कार्यविधीको पूर्णता दिई ७ दिन भित्र तयार गरी सक्ने निर्णय गरिएकाे छ । त्यसैगरी कार्ययोजना र कार्यविधीको तयार गर्ने सम्बन्धमा पालिका स्तरिय राय सुझाव सहितको कार्ययोजना पेश गर्न जिल्ला प्रहरी कार्यालय मातहत सम्पूर्ण प्रहरी युनिट इन्चार्जहरूलाई प्रशिक्षण दिने, फ्यान गतिविधी एवं कार्यक्रमका सम्बन्धमा इनरूवा, ईटहरी र धरान स्थितमा रहेका बैंक तथा वित्तिय संस्थाहरूको प्रमुखसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेकाे जनाएको छ । सल्लाहकार सत्य नारायण मेहता, रमेश भट्टराई, जय कृष्ण यादव, सचिव रुमा रिजाल,शम्भु अधिकारी, तोया गिरि पाेदार, बिनिता दाहाल सहितको उपस्थिति रहेको थियो ।