जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १५ गते । सुनसरीमा लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उप–महानगरपालिका वडा नंम्बर ३ गौधाराबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानले धरान ३ का यज्ञ श्रेष्ठको भुईतलामा सटर भाडामा लिई वनेम मेडिकल संचालक ४१ वर्षिय सुरज वनेम र उहाँको श्रीमती ४२ वर्षिया टिम्पल श्रेष्ठलाई पक्राउ गरेको छ । मेडिकलमा लागु औषध र नियन्त्रित औषधी बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा प्रहरी टोलीले खानतलासी गर्दा कार्टुन भित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध सहित दुवैलाई पक्राउ गरेको जनाएको छ । ट्रामोल दुई हजार चक्की र प्रतिबन्धित औषधी स्पास्पाईन ७९३ पत्तामा सात हजार नौ सय तिस चक्की सहित श्रीमान् श्रीमतीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा दिएर थप अनुसन्धान कार्य थालेको प्रहरी प्रवत्ता रामप्रसाद तिमस्लिनाले जानकारी दिनुभयो ।


१, पक्राउ परेका श्रीमान् र श्रीमती ।
सौजन्य तस्विर ः जिल्ला प्रहरी कार्यालय सुनसरी