सुनसरीमा मिलाप कार्यक्रम मार्फत घरेलु हिसाँ कम गर्ने प्रयास
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १५ गते । सुनसरीमा बढ्दो घरेलु हिसाँ न्युनिकरणका लागि मिलाप कार्यक्रम ल्याएको महिला पूनःस्थापना केन्द्र ओरेकले जनाएको छ । मिलाप कार्यक्रम मार्फत घरेलु हिसाँ कम गर्ने प्रयास थालेको आरेककी शोभा बजगाईले जनाकारी दिनुभयो । सुनसरीको इटहरीमा सामुदायिक सल्हाहकार समितिको गठन तथा पहिलो बैठकमा उहाँले सम्भव परियोजना र ओरेकको सहकार्यमा सुनसरीमा पारिवारिक सहयोग, माया र छलफारद्वारा आपसी सम्बन्ध सुदृढ गर्ने कार्यक्रम मिलाप कार्यक्रम ल्याएको बताउनुभयो । मिलाप र त्यसको प्रभावकारिता सम्बन्धी अध्ययन गर्ने तथा सहि तरिकाले दिशा निर्देशन गर्नका लागि सम्भव तथा ओरैकले कार्यक्रम ल्याएको जानकारी दिनुभयो । त्ययसका लागि दुहवी नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाको अध्यक्षतामा सामुदायिक सल्लाहकार समितिको गठन र पहिलो बैठक सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, इन्सेकका जयकृष्ण यादव, महिला मानव अधिकार रक्षक सञ्जलका सहजादी प्रविण, सरस्वती लुईटेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका हबलदार मेनुका राई, सम्भवका शुभम शर्मा, ओेरेककी सुमित्रा पौडल, डा साबित्री सापकोटा देस्कोटा सहितको उपस्थिति रहेको थियो ।

१, सुनसरीको इटहरीमा सम्भव र ओरेकले गरेको सामुदायिक सल्हाहकार समितिको गठन तथा पहिलो बैठकका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
